ओडिसी क्वाटरफाइनलमा

ओडिसी क्वाटरफाइनलमा

कपनअनलाइन

काठमाडौं,मंसिर १२। आयोजक ओडिसी १२ औं ओडिसी कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको जुनियर ब्वाइजमा बुधबार क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
ओडिसीले स्किब्सलाई ३८–२० ले पराजित गर्यो । ओडिसीका साजन तामाङले ८ अंक जोडे । जुनियर ब्वाइजमै एन्जल्स हर्टले लक्ष्मीपुरलाई २६–१६, बीएनएले सेन्ट जोसेफलाई २८–१८, लालीगुराँसले ग्रिनल्यान्डलाई २८–१८ जगत मन्दिरले हिमरश्मीलाई ११–१०, सेबले स्काइलार्कलाई ३०–२० र गोल्डेनपिकले नवजीवनलाई २९–१५ ले हराए ।

तपाइँको प्रतिक्रिया ।