बुढानिलकण्ठ नगरपालिका – ४ मा रोडा, गिट्टी, तथा ढङ्गा डिपोका कारण परेका समस्याबारे छलफल कार्यक्रम सम्पन्न
कपनअनलाइन
बुढानिलकण्ठ,मंसिर ११। समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत महानगरीय प्रहरी प्रभाग बुढानिलकण्ठ नगरपालिका वडा नं ४ निलकण्ठ आवाश क्षेत्र वरपर रहेका बालुवा, रोडा, गिट्टी, तथा ढङ्गा डिपोहरुका कारण परेका समस्याहरु बारे छलफल कार्यक्रम सम्पन्न भएको छ।
उक्त डिपोहरु सो समुदाय नजिकै भई विभिन्न किसिमका समस्याहरु उत्पन्न भएको उक्त समुदायहरुको गुनासो रहेको छ।
मिति २०७६ मंसीर १० गते भएको छलफल कार्यक्रममा सम्बधित वडाका वडाध्यक्ष राजु खड्का, महानगरीय प्रहरी प्रभाग बुढानिलकण्ठ कार्यालय प्रमुख प्र.नि.भुपेन्द्र गिरी, निलकण्ठ आवाश क्षेत्रका अध्यक्ष बलराम नेपाल, सो वडाका विभिन्न डिपो सञ्चालहरुका साथसाथै विभिन्न संघ-संस्थाका प्रतिनिधिहरु, स्थानिय वासिन्दाहरु लगायत समाजका विभिन्न प्रवुद्ध व्यक्तिहरुको उपस्थिति रहेको थियो।
बूनपा वडा ४ का उक्त आवाश क्षेत्रहरुका स्थानियको गुनासो प्रति मध्यनजर गर्दै राखिएको सो छलफल कार्यक्रममा त्यस समुदाय वरपर परेको असरलाई न्युनिकरण गर्न उक्त डिपोहरुलाई अन्य उपयुक्त स्थानमा राखिनका निर्णय गरिएको थियो।
करिब १ महिनाको अवधिमा अन्य स्थानमा लगि कुनै पनि समुदायलाई कुनै पनि प्रकारका समस्या उत्पन्न नहुने गरि सञ्चालन गर्ने निष्कर्षमा कार्यक्रमलाई टुङ्गयाईएको थियो। साथै उक्त समयावधिभित्र हालको स्थान र समुदायलाई असर नपर्ने गरि डिपो सञ्चालन गर्न समेत डिपो सञ्चालकहरुलाई निर्देशन दिइएको छ।
फोटो सौजन्य: बिएसजी