पाँच मुक्तक !

पाँच मुक्तक !

कपनअनलाइन

काठमाडौं,मंसिर ६। दुर्गा अधिकारी भमरकोटे

भुकम्पमा लडेका घर, छाउने कसरी ।
सर्कारले बोलेका बाचा आउने कसरी ।
छाप्राको बास भएको पनि, धेरै बर्ष भो,
नेपालीले सुख र शान्ति, पाउने कसरी ।।१।।

सहरमा बस्नेको त, भाग्य बलेको छ ।
लौ हेर्नुस् त, छाना माथी, फल फलेको छ ।
पाहाडमा खेतबारी, सबै बाँझै बस्छन्,
तराईमा बर्षा छैन, दिल जलेको छ ।।२।।

कान छन, सुनीरहेका छैनन् ।
हात छन, बुनीरहेका छैनन् ।
यो पाराले देश कसरी बन्छ,
गिदी छन, गुनीरहेका छैनन् ।।३।।

एउटा फुल हुँ म, पत्थरमा पर्न सक्छु ।
भाग्यवस मन्दिरको, पुजा गर्न सक्छु ।
जस्ले जहाँ चढाउछ, त्यही मेरो मान,
वास्ता गर्दैन कोही, बोटमै मर्न सक्छु ।।४।।

कला देखाउने, कलाकार हैन ।
गाना गाउने, गायककार हैन ।
चार हरफका, रुखा शब्द कोर्छु,
माया लगाउने, मनकार हैन ।।५।।

तपाइँको प्रतिक्रिया ।