आत्महत्या !
कपनअनलाइन
काठमाडौं, मंसिर ६ ।कमल ढुङ्गाना/ कविता
जिन्दगीको चरम अवस्थामा
आएर टक्क उभीएको म
भित्तामा बाको तस्विर यि नाङ्गा आखाँले
नियालीरहेको छु ।
तस्विरमा बाका चाउरी परेका गाला
आखाँका पावरवाला चश्मा
बाको पाको उमेर
आमाको सिउँदोको सिन्दुर खोसेर गएका
बाले मेरी आमालाई दिएको बिधुवा जिन्दगी
एक नयाँ जिन्दगी हो ।
उमेरले डाँडो काट्नै आटेकी आमा
बाले दिएको नयाँ जिन्दगीसँग लड्दै आईरहेकी छिन् ।
लौरो टेकेर हिड्दा कती सकस हुँदो हो ?
कती एक्लोपनको आभाष हुँदो हो ?
कहिलेकाहीँ आत्महत्या गरौँ हुँदो हो, आमालाई ?
या त आत्महत्या गर्ने खुबी नै थिएन आमामा ?
सायद त्यसैले पनि आत्महत्या गर्नु भएन की ?
जिन्दगीका आदिम पाईलाहरु पनि
कहिलेकाहीँ अन्त्यको बाटोतर्फ हिड्दा रहेछन्
आत्महत्या गर्न साहस जुटाउँनै नपर्ने रहेछ ।
जुटाउँनै नपर्ने रहेछ मलामीहरु
आत्महत्या गर्न खुबी पनि नचाहिँदो रहेछ
उमेरको सम्बन्ध मृत्युसँग नहुँने रहेछ ।
अस्ति भर्खर पत्रिकाको पहिलो पन्नामा
पढेको थे एउटा किसानले आत्महत्या ग¥यो ।
हिजो पढे एक प्रेमिकाले प्रेमी नपाएर
आत्महत्या गरिन रे,
र आज पत्रिकाको पहिलो पन्नामा दिएको छ
रोजगारी नपाएर एक जवानले आत्महत्या गरे
साच्चै मैले आफैलाई परीभाषीत गर्न सकिरहेको
छैन की मान्छे रहरले आत्महत्या गर्छ या बाध्यताले ?