जि पि कोइराला अध्ययन केन्द्रद्वारा विद्यालयलाई शैक्षिक तथा खेलकुदका सामग्री हस्तान्तरण

जि पि कोइराला अध्ययन केन्द्रद्वारा विद्यालयलाई शैक्षिक तथा खेलकुदका सामग्री हस्तान्तरण

कपनअनलाइन

नुवाकोट,मंसिर ६ । जि पि कोइराला अध्ययन केन्द्रद्वारा बिधालयलाई शैक्षिक तथा खेलकुदका सामग्री हस्तान्तरण गरिएको छ ।

जि पि कोइराला अध्ययन केन्द्रले देउसी-भैलो कार्यक्रमबाट सकंलित रकम तादि गाउँपालिका वडानं १ उर्लेनीमा रहेकाे गगांदेबि प्रा. बि त्यसैगरी, सुन्दरा देबि मा. बि त्यसैगरी, मगंलेश्वरि प्रा बि मा कम्प्युटर, शैक्षिक सामाग्री तथा खेलकुदका सामाग्री एक समारोहका बिच हस्तान्तरण गरेकाे हो ।उक्त हस्तान्तरण कार्यक्रमका प्रमुख अतिथि तथा सस्थाका महासचिव निरन्जन थापाले उक्त सामाग्री हस्तान्तरण गरेका हुन् ।

उक्त कार्यक्रममा नेपाल बिधार्थी संघका निवर्तमान केन्द्रीय सदस्य सुशील भट्ट, वडा सभापति यादव राज खनाल, ने.बि सघं जिल्ला काेषाध्यक्ष स्वेच्छा उप्रेती, ने बि संघका नेताहरु पवन थापा, सन्ताेष गुरुङ, राजु के सी, पुर्ववडा अध्यक्ष बद्रि थापा, बिद्यालय ब्यवस्थापन समितिका अध्यक्षहरु क्रमश: धुर्व तामाङ, अर्जुन तामाङ, वडा सदस्यहरु क्रमश : केशब थापा, राम तामाङ, स्कुलका प्रधानाध्यापक, बिद्यार्थी, अभिभावक, स्थानिय बासिन्दाको बाक्लो उपस्थिति रहेको स्वेच्छा उप्रेतीले जानकारी दिइन् ।

तपाइँको प्रतिक्रिया ।