मालिङ्गे जलकन्या युबा क्लबले देउसीभैलो बाट उठेको रकम ब्यबसायीक काममा प्रयोग गर्ने

मालिङ्गे जलकन्या युबा क्लबले  देउसीभैलो बाट उठेको रकम ब्यबसायीक काममा प्रयोग गर्ने

कपनअनलाइन

ओखलढुंगा,मंसिर ६।मालिङ्गे जलकन्या युबा कल्बले तिहारमा देउसीभैलो खेली जम्मा भएको रकम विभिन्न ब्यबसायीक काममा प्रयोग गर्ने भएको छ।

उक्त देउसीभैलोबाट उठेको रकम २ लाख ४८ हजारलाई  विभिन्न योजना बनाई त्यसै अनुरुप बांडफांड गरिने निर्णय गरिएको छ । क्लबको निर्णय निम्न रहेको छ।

  • बोयर जातको बोका खरिद गरि पुरानागाउँ लाई बाख्रामा नमुना गाउँ बनाएर अघि बढ्ने
  • उन्नत जातको बिर खरिद गरि  दलित बस्तिमा बंगुर पालन गर्ने
  • एक घर एक टनेला अभियान सुरुवात गर्ने

यसरी तीनवटा निर्णयलाई पारित गरी सो निर्णय अनुसारको कार्यक्रम लागु गर्ने योजना रहेको क्लब अध्यक्ष मनोज बुढाथोकीले जानकारी गराए।

 आधुनिक पशुलपालनमा जोड दिदै ७५% को बोयर खरिद गरि जनसमुदाय मा प्रत्यक्ष आयस्रोत बनोस र यसबाट अरु गाउँले पनि सिक्न सक्ने बाताबरण बनोस भन्दै यो योजनालाई पारित गरिएको हो  ।

 एउटा उन्नत जातको बिर ( उन्नत जातको बंगुरको भाले ) खरिद गरि यहाँको जनसमुदायले प्रत्यक्षलाभको आशा गर्दै यो योजनालाई पनि निर्णयमा पारित गरियो ।

त्यसैगरी एक घर एक टनेला अभियान सुरुवात गरी हाम्रा पूर्वजले गरेका जस्तो कृषिखेति लाई थोरै परिवर्तन गरि त्यसलाई व्यवसायीकारण गर्न सो योजना अघि सारिएको हो । यो योजनालाई  लागु गर्न गाउँपालिका, प्रदेश सरकार  लगायत विभिन्न संघसंस्थासंग सहयोगको अपेक्षा गरेको उनले बताए ।

ओखलढुंगामा यस्तो सेवामुखी कार्य गरेको यो पहिलो पटक भएको क्लबका अध्यक्षले जनाए

 

 

 

 

तपाइँको प्रतिक्रिया ।