(नेप्स) चौथो अन्तर बिध्यालय फुटबल प्रतियोगितामा आयोजक नेपालय र साइपाल एकेडमी सेमिफाइनलमा प्रवेश

(नेप्स) चौथो अन्तर बिध्यालय फुटबल प्रतियोगितामा आयोजक नेपालय र साइपाल एकेडमी सेमिफाइनलमा प्रवेश

कपन अनलाइन

काठमाडौँ, मंगसिर ४ ।गोकर्णेश्वर नगरपालिका वडा नं ८ मा संचालित नेपालय इंगलिस पब्लिक स्कुल (नेप्स) र बेशीगाउ युवा युवा समूहको संयक्त आयोजनामा भएको नेप्स चौथो अन्तर बिध्यालय फुटबल प्रतियोगिता  शुक्रबार बाट सुरु भएको छ। नेपालय इंगलिस पब्लिक स्कुलको खेल मैदानमा संचालन भएको सो प्रतियोगितामा गोकर्णेश्वर नगरपालिका भित्र संचालन भएका २२ र तीन वटा पाउना टिम सहित कुल २५ वटा टिमले सहभागिता जनाएका छन ।

शैक्षिक ज्ञान र शिप विकास को साथ साथै खेलको माध्यम बाट आचरण सुधार गर्दै खेल कौशलको विकास गर्दै अन्य शैक्षिकसंस्थाहरु संगको सम्बन्ध प्रगाढ बनाउने उदेश्य राखेर शुक्रबार बाट सुरु भएको सो प्रतियोगिता मंगसिर ७ समापन हुनेछ ।मंगलबार  प्रतियोगिताको  पाचौ   दिन क्वाटरफाइनलका दुइ वटा खेल हरु सम्पन्न भएको  छ । पाचौ दिनको पहिलो  क्वाटरफाइनल खेल  आयोजक नेपालय इंगलिस पब्लिक स्कुल  ए  र  विट्स एकेडमी  बीच भएको थियो।

उक्त खेलमा आयोजक नेपालय इंगलिस पब्लिक स्कुल ए ले विट्स एकेडमीलाइ ४-१ गोल अन्तरले जित हात पार्यो।  आयोजकको जितमा जर्सी नं ८ का मानिस मगरको प्रदर्शन उत्कृष्ट रह्यो ।मगरले मध्यान्तर अघि र पछिको दुवै सदुपयोग गर्दै दुइ गोल गरे। त्यसै गरि नेपालयकै जर्सी नं २ का होम्हाग मगरले १  गोल गरे भने जर्सी नं ६का सरोज कार्कीले थप १ गोल गर्दै टिमको जितलाई  सुनिश्चित गरे। प्रतिउत्तरमा बिपक्षी टिम विट्स एकेडमीका जर्सी नं ६ का खेलाडी रिसोप प्रधानले टिमलाई सान्त्वना स्वरुप १ गोल गरे।

खेल सुरुवातिमै विट्स एकेडमीको दबदबा रहे पनि त्यसलाई निरन्तरता दिन सकेन ।विट्स एकेडमीके सुरुवाती चरणबाटै आक्रामक खेल खेले पनि उसको  डिफेन्स  कमजोरीलाइ पहिल्याउदै आयोजक नेपालय इंगलिस पब्लिक स्कुल ए ले सानदार जित हात पर्दै सेमिफाइनलमा प्रवेश गरेको छ । सो खेलको म्यान अफ द म्याच  आयोजक नेपालयइंगलिस पब्लिक स्कुलका जर्सी नं ४ का बिशाल तामाङ घोसित भए संगै उनलाई नेपालय इंगलिस पब्लिक स्कुलका म्यानेजिंग डिरेक्टर बुद्द श्रेष्ठले नेपालय अंकित टिशर्ट प्रदान गरेका थिए।

  मंगलबार नै सम्पन्न दोस्रो क्वाटरफाइनल खेल साइपाल एकेडमी र बाल संसार स्कुल बीच भएको थियो। उक्त खेलमा साइपाल एकेडमीले बाल संसार स्कुललाइ ५-० गोल अन्तरले पराजित गर्दै सेमिफाइनलको यात्रा तय गरेको छ।  सो खेलमा साइपाल एकेडेमीका लागि जर्सी नं १० का खेलाडी  पेम्बा लामाको प्रदर्शन उत्कृष्ट रह्यो। लामाले मध्यान्तर अघि र पछिको दुवै सदुपयोग गर्दै तीन  गोल गरे । त्यसै गरि जर्सी नं ८ का सुजन ब्लोन र जर्सी नं २ का प्रमोद चौलागाईले थप एक एक गोल गर्दै टिमलाई सेमिफाइनलको यात्रा तय गराए ।

बाल संसार एकेडमीले कुनै पनि गोल गर्न सकेन। सो खेलको म्यान अफ द म्याच साइपाल एकेडेमीका लागि जर्सी नं १० का खेलाडी  पेम्बा लामा घोसित भए घोसित भए संगै उनलाई  खेल प्रशिक्षक राशिक कोइराला ले नेपालय अंकित टिशर्ट प्रदान गरेका थिए ।समता  बि एस अघि नै सेमिफाइनलमा प्रवेश गरिसकेको छ ।आज हुने अन्तिम क्वाटरफाइनल खेल गुरुकुल र सांग्रिला स्कुल बीच हुनेछ ।मंगसिर ७ गते सम्म चल्ने सो प्रतियोगितामा  प्रथम दितीय र उत्कृष्ट  हुने टिमले क्रमश  नगद रु १० हजार ,५ हजार सहित ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन। सो प्रतियोगितामा रेफ्रीको भूमिकामा रेफ्री प्रदिप लामा र कृष्ण चौधरीले  निभाइरहेका  छन्।

फोटो : सरोज बस्नेत

तपाइँको प्रतिक्रिया ।