नेकपा काठमाडौं अध्यक्ष कृष्ण राईको मन्त्री बन्ने संभावना
कपन अनलाइन
काठमाडौं ,मंसिर ३ ।
प्रधानमन्त्री केपी ओलीलाई नेपाल कम्युनिस्ट पार्टीको सचिवालय बैठकले मन्त्री परिसद परिवर्तन गर्ने शैदान्तिक सहमति प्रदान गरे संगै अहिले नया बन्ने मन्त्रि हरुको वारेमा व्यापक चर्चा भैरहेको छ । यो चर्चाको अग्रपंक्तिमा अहिले नेपाल कम्युनिस्ट पार्टीका केन्द्रिय सदस्य तथा काठमाडौं जिल्ला अध्यक्ष कृष्ण राईको नाम रहेको छ।
काठमाडौं क्षेत्र नं ३ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित रहेका राई काठमाडौं जिल्लाको संगठन निर्माण र स्थानीय तथा संघीय निर्वाचनमा नेकपालाई काठमाडौंमा सानदार जित दिलाउने अभियानको नेतृत्व गरेका नेता हुन् ।
पत्रकारिताका विद्यार्थी राईले नेकपाको सांस्कृतिक फाटमा लामो समय काम गरेका छन भने उनि शैदान्तिक र संगठानिक क्षेत्रमा गहिरो दखल राख्ने नेताका रुपमा चिनिन्छन ।
नेपालको कम्युनिस्ट आन्दोलनमा जातीय मुद्दा पेचिलो बन्दा कम्युनिस्टको अन्तरास्ट्रिय जाति हुन्छ भन्दै दरिली अडान लिएर जातीय राजनीतिको विरोध गरेर चर्चा कमाएका राई गत स्थानीय तहको निर्वाचनमा काठमाडौं महानगरपालिकाको निर्वाचन परिचालनको कमान्डर समेत रहेका थिए ।
अवको आन्दोलन राजनीतिक संगै आर्थिक उत्पादनको रहेको बताउने राईले आफ्नो निर्वाचन क्षेत्रमा विभिन्न रोजगारमूलक अभियान संचालन गर्दै आएका छन भने महत्वपूर्ण पूर्वाधार विकासको लागि पनि नेतृत्व प्रदान गरिरहेका छन।