गगन थापा उठ्ने निश्चित भयो, काठमाडौँका अरू उम्मेदवार पनि निश्चत
कपन अनलाइननेपाली कांग्रेसले काठमाडौं क्षेत्र नं. ४ बाट युवा नेता तथा केन्द्रिय सदस्य गगन थापालाई उम्मेदवार बनाउने निश्चित गरेको छ । आज बिहान ३ बजे काठमाडौं जिल्लाका उम्मेदवारहरुको नाम छनौट हुने क्रममा गगन थापाको नाम उम्मेदवार सुचिमा परेको हो । हिजो बेलुकासम्म गगन थापाको ठाउँमा पुरानै उम्मेदवार सुप्रभा घिमिरेलाई उठाउने हल्ला चले पनि अन्ततः थापा नै सर्वसम्मत भएका हुन् । गगन थापा निश्चित भएपछि क्षेत्र नं. ४ नेपाली कांग्रेस उत्साहित देखिएको छ । क्षेत्र नं. ४ का उपसभापति केशव ढकाल पार्टीले यो निर्णय गरेर यस क्षेत्रका सबै मानिसलाई न्याय गरेको बताए । उनले क्षेत्र नं. ४ मा नेपाली कांग्रेसले उम्मेदवारको रुपमा गगन थापालाई पाएपछि ठूलो अन्तरले बिजय हुने पनि बताए ।
श्रोतका अनुसारकाठमाडौं जिल्लामा २ जना नयाँ अनुहारबाहेक ८ जना पुरानै उम्मेदवारहरुले टिकट पाएका छन् । नयाँ अनुहारमा क्षेत्र नं. ४ बाट गगन थापाको अलावा क्षेत्र नं. २ बाट प्रतिमा गौतमको नाम निश्चित गरिएको छ । काठमाडौंका अरु क्षेत्रहरुमा क्षेत्र नं. १ बाट प्रकाशमान सिंह, ३ बाट चक्रबहादुर ठकुरी, ५ बाट नरहरि आचार्य, ६ बाट भिमसेनदास प्रधान, ७ बाट प्रमिला सिंह, ८ बाट नविन्द्रराज जोशी, ९ बाट ध्यानगोविन्द रञ्जित र १० बाट राजन केसीलाई उम्मेदवारको रुपमा निश्चित गरिएको छ । नेपाली कांग्रेसले अहिलेसम्म ७५ प्रतिशत निर्वाचन क्षेत्रको उम्मेदवारहरुको नाम निश्चित गरिसकेको छ भने बाँकी आज बेलुकासम्म निश्चित हुने जनाइएको छ ।
पछिल्ला केही दिनदेखि नियमित कपनमा केन्द्रित रहेका गगन थापा आज पनि बिहानैदेखि कपनमा नै व्यस्त छन् । आज दिनभरमा ३ बाट भिन्न भिन्न कार्यक्रममा उनी कपनमा व्यस्त रहने नेका कपन इकाई स्रोतले जनाएको छ ।