सशक्त निर्वाचन बहिष्कार गर्ने योजना बुन्दै नेकपा–माओवादी कपन

कपन अनलाइनअशोकराज पाण्डे

मंसिर ४ मा तोकिएको संविधान सभाको निर्वाचनमा काठमाडौं निर्वाचन क्षेत्र नं ४ यसैपनि तातिरहेको छ । यहाँ ३ वटै प्रमुख दलहरु लगायत प्रत्यक्ष तर्फै राप्रपा र राप्रपा नेपालले उम्मेदवारी दिने कुराले राजनीतिक वृत्तमा एउटा गतिलो मसला प्रदान गरेको छ । दिनैपिच्छे चुनाव पक्षधर राजनैतिक पार्टीहरुका विभिन्न खाले समाचार आईरहेको बेला फरक धारको नेतृत्व गरिरहेको नेकपा–माओवादी पनि यो क्षेत्रमा सशक्त रहेको कुरालाई नकार्न सकिन्न । फरक शैलीले कहिले कोण–सभा त कहिले बहिष्कार जुलुश अनि कहिले घरदैलो अभियान सम्पन्न गरिरहेको माओवादी कपनको सबालमा एक सशक्त शक्ति हो ।

 

गाविसको सर्वदलीय संयन्त्र होस् वा विभिन्न विद्यालय/क्याम्पस व्यवस्थापन समिति वा गाविसको भवन निर्माण समितिनै किन नहोस् सशक्त छ कपनमा माओवादी । त्यसैगरी वातावरण समिति मात्रै होइन गाविस अनुगमन र पेश्की फर्छ्यौट समितिमा पनि प्रभावकारी प्रदर्शन गर्दै कपनमा कृयाशील अन्य पार्टीको जतिकै हैसियत बनाएको  छ । कपनमा हुने सबैखाले विविध कार्यक्रममा चौथौ नम्बरमा यो पार्टीका प्रतिनिधिहरुलाई आतिथ्यता ग्रहण गराउनुले नि कपनमा माओवादी शक्ति नै हो भन्ने बुझ्न गारो हुँदैन ।

 

यहि सशक्त शक्ति जो चुनाव बहिष्कारको रणनीति बनाइरहेको छ यस पार्टीप्रति देशभरीजस्तै कपनका जनमानसमा कौतुहलता पाइएको छ । के यो पार्टीले चुनाव बहिस्कार गर्ला त ? वा  के चार तहको सुरक्षा घेरा तोडेर उसले भनेको सशक्त बहिष्कार गर्न सक्ला ? या त लोकतन्त्रमा निर्वाचन बहिष्कार अधिकारको सामान्य विधि अनुरुप बहिष्कारका लागि घरमै बसेर गर्ला ?  आम कपनवासी नागरिकलाई मनमा उब्जेको कौतुहलता हो । यो विषयमा कपनका नेकपा–माओवादीका ईन्चार्ज ध्रुबकुमार बस्नेत नेकपा–माओवादी कपनमा ४ दलीय सिण्डिकेट तोड्न सक्षम रहेको बताउँछन् । उनले विदेशीको ईशारामा सेना परिचालन गरि गर्न लागिएको संविधान सभाको निर्वाचनले देशलाई निकास तर्फ नभई विनास तर्फ लाने र देश सिक्किमिकरणको बाटोमा अगाडि बड्ने हुँदा अधिकाशं कपनवासी जनता निर्वाचनको विपक्षमा रहेकाले यो चुनाव कपनमा सहजै बहिष्कार हुन्छ । उनले थप्दै भने अहिले हामी शक्ति सञ्चय गरि बसेका छौँ र यहि शैलिमा निर्वाचन गर्न खोजिए यो ४ दल र कथित निर्वाचन पक्षधरलाई नै ठूलो घाटा हुनेछ ।

नेकपा–माओवादी निकट कपन जनस्वयसेवक दस्ता सार्वजनिक

यसैबीच आसन्न संविधान सभा निर्वाचन सशक्त बहिष्कार रणनीति बनाएको नेकपा–माओवादी कपनले २१ सदस्यीय विशेष यूवा जनस्वंयेवक दस्ता सार्वजनिक गरेको छ । नेकपा–माओवादी काठमाडौं जिल्ला संगठन समिति सदस्य एंव अनेरास्ववियू क्रान्तिकारीका काठमाडौं जिल्ला सदस्य कपन ३ निवासी सुविन चालिसेको नेतृत्वमा गठन भएको दस्तामा सुवास राई (राई दाई), विशाल राई, निर्मल खड्का, सरुन पुन मगर, सुमित लुइटेल, पुजन पौडेल, नकुल कुइकेल, रामकाजी, निराजन श्रेष्ठ, स्वस्थानी गुरुङ्ग, प्रकाश तामाङ्ग, विरेन लामा, राजकुमार लिम्बू, विकास राई, मनोज के.सी., विकास लामा, बुद्ध गुरुङ्ग, नितेश खड्गी, मोहन बस्नेत र दिलिप मगर रहेको नेकपा–माओवादी कपनले जानकारी गराएको छ ।

तपाइँको प्रतिक्रिया ।