कपन गाविसले सामाजिक सुरक्षा भत्ता नेपाल बंगलादेश बैंकबाट बाँड्ने

कपन अनलाइनकपन गाविसले अबदेखि सामाजिक सुरक्षा भत्ता बैंकबाट बाँड्ने भएको छ । अबदेखि कपन आकाशेधारास्थित नेपाल बंगलादेश बैंकबाट बाँडिने तयारी कपन गाविसले गरेको हो । सामाजिक सुरक्षा भत्ता भन्नाले बृद्ध भत्ता, बिधुवा भत्ता, अपाङ्ग भत्ता आदि पर्दछन् । आउँदो दशैं अगाडि नै बाँडिने यी भत्ताहरु बैंकबाट लिनका लागि सम्बन्धित व्यक्ति आफ्नो सामाजिक सुरक्षा कार्ड लिएर जानु पर्ने कपन गाविसका सचिव लोमस आचार्यले कपन अनलाइनलाई बताए । गाविस सचिवले बैंकमार्फत दिन लागिएको सामाजिक सुरक्षा भत्ता राज्यकै नीति अनुरुप सुरु गरिएको जानकारी दिएका छन् । यसरी बैंकबाट दिँदा पारदर्शी तथा वितरणमा सहजता हुने सचिव आचार्यका भनाई थियो ।

तपाइँको प्रतिक्रिया ।