डमरु र बचेरा !
कपनअनलाइन
काठमाडौं,कार्तिक २९। गङ्गा कर्माचार्य पौडेल/बाल कथा
चिँचिँचिँ च्यार्रच्यार्रच्यार्र गरि जङ्गल छेउको बाटोमा एउटा चराको बचेरा रोइरहेको थियो । उसका भरखर उम्रीएका मसिना प्वाँख थिए । त्यहि बाटो भएर एउटा डमरुकतै जादै थियो । डमरुले बचेरा रोएको देखेर उसको नजिकै गएर सोध्यो“तिम्रो नाम के हो ? किन त्यसरी रोएको? ।
बचेराले सुक्क सुक्क गर्दै भन्यो “मेरो नाम चकचके हो । म नचली बस्न सक्तिन त्यसैले आमाले चकचके नाम राखि दिनु भयो । आज विहानै तिमी थुपुक्क गुँडमा बसिरहनु म चारो खोज्न जान्छु भनेर आमा जानु भयो । मलाई एकलै बस्नै मन लागेन र भुर्र उडेर यहाँसम्म आएँ । अहिले दुबै पखेटा दुखेर उड्र्नै नसक्ने भ को छु । अब के गर्ने होला ? भनेर फेरि रुन थाल्यो ।
डमरुले उसलाई फकाउँदै भन्यो “त्यसरी नरोउ न । हेर ! मेरो हालत पनि तिम्रो जस्तै छ । मेरो नाम छुक छुके हो । म पनि चुप लागेर एक ठाउँमा बस्नै सत्तिन । त्यसैले छुकछुके नाम आमालेनै राखिदिनु भएको । तिमी कतै नजानु , भित्रै बसिरनु म छिट्टै खानेकुरा ल्याउँछु भनेरआमा जङ्गलमा सिकार गर्न जानु भयो । उहाँ नभएको मौका छोपि बाहिर निस्कें । गुफाको बाटो अँधेरो थियो । मैले राम्ररी देखिन अनि भित्तामा डयाम्म्मै नाक ठोकियो ।ई..अहिले सम्म रगत थामिएको छैन हेरत भनेर आफ्नो नाक छाम्यो ।
“ ए ! होर ? अनि तपाईको घर कता छ ?गुफामा किन जानु भको नि ?”बचेराले सोध्यो ।
“म आमासित गुफामा बस्छु । गुफानै हाम्रो घर हो” ।
“ए..अब कता जानु हुन्छ त ? बचराले फेरि सोध्यो ”।
“खै कता जाने जाने ? जता हे¥या उतै जङ्गल देख्छु । गुफामा फर्कने बाटै भेट्दिन ” डमरुले भन्यो ।
” मलाई कस्तो भोक लागि सक्यो । अमाले चारो ल्याएर पर्खि बस्नु भएको होला ? अब कसरी गुँडमाफर्कने ” भन्दै बचेरा फेरि रुन थाल्यो ।
डमरुलाई बचेराको माया लाग्यो । उसले विस्तारै टाउकोमा सुमसुम्याउँदै भन्यो “त्यसरी नरोउ न म तिमीलाई गुँडमा पु¥याइ दिन्छु । आउ मेरो पिठ्युमा बस” ।
बचेरा डमरुको ढाडमा उक्लीन खोयो तर सकेन । किनभने उभन्दा डमरु धेरै अग्लो थियो । डमरुलाई पिर प¥यो । अनि टाउको समातेर थुचुक्क भुइँमा बस्यो । एकछिन पछि सोचेर फेरि भन्यो “मेरो पुच्छरमा टेकेर माथि उक्ल त ”।
बचेरा डमरुको पुच्छरमा टेकेर खुरुखुरु उसको ढाड माथि उक्लीएर थुपुक्क बस्यो । त्यस पछि डमरुले सोध्यो“ तिमी बस्ने गुँड कहाँनेर छ ?”।
“उ….त्यो परको रुखको टुप्पामा छ ” बचेराले आफनो गुँड भएको रुख देखायो ।
बचेरालाई बोकेर डमरु रुखको फेदमा पुग्यो र माथि उक्लीन थाल्यो । रुख अग्लो, सुरिलो थियो । त्यसैले ऊ सुलुत्त चिप्लेर नराम्ररी भुँइमा पछारियो । बचेरा पनि चारहात पर उछिट्टयिो । “एैयानी आमा ! मरें” भन्दै ऊ चिच्च्याएर रोयो ।
डमरुले उसको आँसु पुछिदिंदै भन्यो “नरोउ हेर , मैले जाना जानी तिमीलाई पछारेको होइन खुट्टा चिप्लेर लडियो । अब त्यस्तो हुँदैन । आउ पिठयुमा बस ।
भरखरै मात्र पछारिएर जिउ दुखि रहेकोले बचेरा हच्कीयो । ऊ डमरुको ढाडमा चढ्न मानेन । डमरुले उसलाई फकाउँदै भन्यो “आउन बस अब लडाउँदिन क्या .”.।
डमरुले फकाए पछि बचेरा मन नलागि नलागि उसको ढाडमाथि चढ्यो । डमरु रुखको फेदमा नङ्ग्रा गाड्दै माथि उक्लेर रुखको एउटा सानो हाँगा माथि टेकेको मात्र थियो हाँगा क¥याक्कै भाँचिएर तल झ¥यो अनि डमरु र त्रचेरा ड्याम्मेै भुइँमा पछारिए ।बचेरा लाई अघि भन्दापनि बढि चोट लाग्यो ऊः चिँइचिँइचिइँ गर्दै रोयो । डमरुलाई पनि नदुखेको काहाँ होर? तैपनि ऊ लाजले बचेराको अगाडि आँसु खसाल्न सकेन। । डमरुलाई अब के गर्ने कसो गर्ने भयो । त्यसैले दुबै हातले टाउको समातेर एकछिन सोचेर मनमनै भन्यो“चकचकेलाई गुँडमा पु¥याइदिनु पर्छ । यो त मेरोकर्तब्य हो तर कसरी ?मैले गर्दा उसलाई दुख भयो विचरा”।
एकछिनको मौनतालाई चिर्दै डमरुले भन्यो “भाइ ! तिमीलाई सार्है दुख्यो हो? यो सब मैले गर्दा हो । मलाई माफ गर । तर भाइ एक दुइ पटक्र लडियो भन्दैमा प्रयासगर्न छोड्नु हुँदैन । म तिमीलाई जसरी भएपनि गुँडमा पुर्एयार छोड्छु” ।
डमरुको कुरामा बचेरा लाई विश्वास लागेन । उसले ओठ लेप्राएर कर्के आँखाले हे¥यो । डमरुलाई लाजमर्नु भयो अनि घोत्लीएर सोच्यो । त्यहि बेला झट्टआफ्नो मीतबाको याद आयो । मीतबाले जङ्गलको रुखमाथि बस्छु , अरुको जस्तो हाम्रो घर हुँदैन रुखनै हाम्रो घर हो भनेको पनि सम्झ्यो । त्यसपछि“ ए ! मीत बा मलाई मद्दत गर्नुहोस् ”भनेर ठूलो स्वरले बोलायो ।
डमरुको स्वर सुनेर ढेढु बाँदर एउटा रुखबाट अर्को रुखमा हाम्फाल्दै आइपुग्यो र सोध्यो “किन के भयो तिमीलाई ? जङ्गलका अरु जनाबरले हेपे की ?भन म त्यसको दोहोलो काढि दिन्छु ”।
डमरुले रुँदै रुँदै सबैकुरा बतायो । ढेडुले उसको आँसु पुछिदिदै भन्यो भैगो नरोउ आउ म तिमीलाई पु¥याइ दिन्छु” ।
डमरुले ”मीत बा ! पहिला मेरो साथिलाई उसको गुँडमा पुर्याइ दिनु । म बरु पछि जाउँला भन्यो । डमरुको सहयोगी बानी देखि ढेडु खुसि भयो । त्यस पछि उसले बचेरालाई हलुका सित उठाएर आफ्नो टाउको माथि राखेर खुरुखुरु रुख चढेर गुँडसम्म पु¥याइ दियो । माउ चरी चुच्चोमा आहार च्यापेर रोई रहेकी थिइ । बचेरालाई देख्नासाथ खुसी हुँदै क्वाप्प चारो ख्वाई अनि ढेडुलाई धन्यबाद दिई । ढेडुले धन्यबाद मलाई होइन सहयोगी डमरुलाई दिनु भनेर रुखबाट तल ओर्लियो