काठमाडौं ४ मा चर्कियो चुनाव नेकपा (एमाले) निर्मल कुइँकेलको उम्मेदवारी घोषणा

nirmal kuikelकाठमाडौं । नेपाली कांग्रेसबाट गगन थापा, एकीकृत नेकपा (माओवादी) बाट नन्दकिशोर पुन (पासाङ) उठ्ने हल्लाले तीव्रता पाइरहँदा काठमाडौंको क्षेत्र नं. ४ बाट नेकपा (एमाले) स्थानीय वासिन्दा निर्मल कुइँकेलको उम्मेदवारी घोषणा गरेको छ । शुक्रबार विहान पार्टीको क्षेत्रीय कार्यालय चावहिलमा आयोजित भेलाले पार्टीका काठमाडौं जिल्ला कमिटी अध्यक्ष निर्मल कुइँकेललाई प्रत्यक्षतर्फको उम्मेदवार घोषणा गरेको हो । भेलामा पार्टी नेता तथा पूर्वराजदूत टंक कार्की, राष्ट्रिय प्रतिनिधी परिषद्का सदस्य उद्धव खरेल, क्षेत्रीय कमिटीका पदाधिकारी, सदस्य, विभाग सदस्य तथा शाखा कमिटीका सदस्यहरुको उपस्थिति थियो ।
क्षेत्र नं. ४ को चुनावी घम्साघम्सीमा अन्य दलभन्दा एमाले अगाडि तम्तयार भएको छ । केही दिनअघिको सर्वेक्षणमा सबभन्दा बढी मत ल्याउने दलका रुपमा देखिएको एमालेबाट पहिला विद्या भण्डारीको उम्मेदवारीको चर्चा थियो । तर, क्षेत्रका युवाको अत्यधिक मागपछि एमालेले कुइँकेललाई अगाडि सारेको हो ।

तपाइँको प्रतिक्रिया ।