कांग्रेसले कपनमा १००१ र महांकाल ५०१ सदस्यीय चुनाव प्रचार समिति बनायो

कपन अनलाइनबद्रि भट्टराई
चुनावी सरगर्मी बढिरहेको बेला दलहरु बिभिन्न जनता आकर्षित गर्ने कार्यमा जुटेका छन् । नेपाली कांग्रेसले आगामी संबिधानसभाको चुनावमा क्षेत्र नं. ४ मा नेपाली कांग्रेसका गगन थापालाई जिताउन कपन गाविसमा १००१ सदस्य रहेको चुनाव प्रचार प्रसार मूल समिति बनाएको छ । असोज १० गते कपनको मिलनचोक पार्टी भेन्युमा बसेको बिशेष भेलाले बिभिन्न चुनावी रणनीतिमा छलफल गर्दै चुनाव प्रसारप्रचार समिति निर्माण गरेको हो । नेका कपनका सभापति विनोद चालिसेको संयोजकत्वमा बनेको प्रचारप्रसार समितिमा १००१ सदस्य रहने बताइएको छ । नेपाली कांग्रेसका तर्फबाट क्षेत्र नं. ४ का उम्मेदवार हुने करिब पक्का भएका केन्द्रिय सदस्य गगन थापाको अगुवाइमा आयोजित कार्यक्रममा नेपाली कांग्रेस क्षेत्र नं. ४ का अगुवाहरुकोसमेत उपस्थिति थियो । करिब १०० जना उपस्थित भेलाले युवा परिचालन समिति, विद्यार्थी परिचालन समिति, पेशागत समितिजस्ता विभागीय समितिहरु आगामी आइतवार बनाउने निर्णय गरिएको थियो । आइतबारसम्ममा कपनमा बिबिधि गतिबिधि संचालन गर्न स्टेरिङ कमिटि बनाउने जानकारी नेका सभापति विनोद चालिसेले कपन अनलाइनलाई दिएका छन् ।

नेपाली कांग्रेसयसै क्रममा काठमाडौं जिल्ला क्षेत्र नं. ४ को अर्काे गाविस महांकालमा पनि नेपाली कांग्रेसले ५०१ सदस्यीय प्रचारप्रसार समिति निर्माण गरिएको छ । असोज १० गते नै आयोजित एक भेलाले गणेश कोइरालाको संयोजकत्वमा प्रचारप्रचार मूल समिति निर्माण गरिएको महांकाल गाविस नेका इकाइले जनाएको छ ।
पहिलो संबिधानसभा निर्वाचनमा नेपाली कांग्रेसले बिजय प्राप्त गरेको यस क्षेत्रमा नेपाली कांग्रेसले यस संबिधानसभाको निर्वाचनमा पनि आफ्नो वर्चश्व कायम गर्न कपन र महांकाल गाविसलाई विशेष फोकश गरेको छ । कपन गाविसबाट नेपाली कांग्रेसले सबैभन्दा बढि मत ल्याउन विशेष तयारी गरेको नेका सभापति  विनोद चालिसे बताउँछन् ।

 

तपाइँको प्रतिक्रिया ।