मदन भण्डारीले अघि सारेको विचारले गर्दा नै देशमा सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको हो : युवा तथा खेलकुदमन्त्री जगतबहादुर सुनार (विश्वकर्मा)

मदन भण्डारीले अघि सारेको विचारले गर्दा नै देशमा सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको हो : युवा तथा खेलकुदमन्त्री जगतबहादुर सुनार (विश्वकर्मा)

कपन अनलाइन

काठमाडौं कार्तिक २५। नेपाल बुद्धिचाल संघले बुढानिलकण्ठ नगरपालिकामा आयोजना गरेको मदन भण्डारी मेमोरियल एशियन एमेच्योर चेस च्याम्पियनसिप २०१९ को राष्ट्रपति बिद्यादेवी भण्डारीले एक कार्यक्रम विच  उद्घाटन गरेकी छिन ।बुढानिलकण्ठस्थित पार्क भिलेजमा शनिबार राष्ट्रपति भण्डारीले चेसको गोटी चालेर च्याम्पियनसिपको उद्घाटन गरेकी हुन् । उक्त कार्यक्रममा बिशेष अतिथिको रुपमा बोल्दै युवा तथा खेलकुदमन्त्री जगतबहादुर सुनार (विश्वकर्मा) ले भने,: जुन अभिरुचीका साथ माननीयले हाम्रो साथ र दीइरहनु भएको छ, त्यो नेपालको इतिहासको लागि निकै नै गौरबमय स्थिति रहेको बताए ।

यसका लागि सम्मानीय प्रति आफु हार्दिक कृतज्ञता रहेको समेत  बताए। प्रतियोगितामा उपस्थित बिभिन्न देशबाट आउनु भएको खेलाडी(पाहुनालाई ) हार्दिक स्वागत गर्दै खेल सभ्य र भब्यका साथ् सम्पन्न होस् भन्ने शुभकामना व्यक्त गरेका थिए  । उनले  उक्त बुद्धिचालमा प्रत्स्पर्धि सम्पूर्ण खेलाडीहरुलाई पनि बिजयी हुन् शुभकामना ब्यक्त गरे। उनले आफु भित्र रहेको प्रतिभालाई खेलको माध्यमबाट प्रस्तुत गर्ने सम्पूर्ण खेलाडीहरुलाई सफलता प्राप्त होस् भनी शुभकामना व्यक्त गर्दै  नेपाल बुद्धिचाल संघलाई कार्यक्रम आयोजना गरेकोमा धन्यवाद ब्यक्त गरे।

अन्य मुलुकको खेलाडीहरुको सहभागिताले नेपालको खेलकुद जगतको बिस्तारका लागि महत्वपूर्ण भूमिका खेलेको सबैले महसुस गरेको बताउदै उक्त अवसर प्रदान गर्ने  मदन भण्डारी एकेडेमीलाई पनि धन्यवाद दिएका थिए ।उनले नेपाली राजनीतिमा जननेता मदन भण्डारीको योगदानलाइ स्मरण गर्दै मदन भण्डारीको विचार, सिद्धान्त र उनले गरेको राजनीतिक भूमिकाले दीर्घकालीन प्रभाव खेलिरहेको बताए। उनले यति मात्र नभइ उनले अघि सारेको विचारले नेपालको सिंगो राजनीतिलाई दिशानिर्देश गरेको  र उनले अघि सारेको विचारले गर्दै नै देशमा सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको बताए ।  जनताले आफ्ना अधिकार पाएका छन्, देशमा विकास र सम्वृद्धिका सम्भावित ढोका खुलेको समेत बताए ।

मदन भण्डारीको  राजनीति जीवनको आदर्शलाई अघि सारेको विचारलाई जति  हामीले समाजमा उजागर गर्न सक्छौं त्यति नै रुपमा नेपाली समाज सकारात्मक दिशाले प्रभावित हुने,  रास्ट्रिय राजनीति सही दिशामा आगाडी बढ्ने  , नेपाली समाजको सही रुपान्तरण हुने र  सम्बृद्ध नेपाल सुखी नेपाली हुन् सक्ने बताउदै  यस हिसाबले पनि मदन भण्डारीको विचारलाई आफ्नो साथ गर्दै अगाडी बढ्नु पर्नेमा उनको जोड रहेको थियो  ।मदन भण्डारी स्पोर्ट्स एकेडेमीले रचनात्मक खेल क्षेत्रलाई साथ दिदै जुन भूमिका खेल्दै आइरहेको छ त्यसको लागि मदन भण्डारी स्पोर्ट्सलाई धन्यवाद दिन चाह्रेको र प्रेरित गर्न चाहेको उनले बताए।

 नेपालको खेलकुद क्षेत्रलाई तेश्रो बिशिस्ट अबसर प्राप्त गरेको भन्दै  साहसिक खेल,पानीमा खेलिने खेल,हिउमा खेलिने खेल, सम्म मैदानमा खेल्निने खेल सम्पूर्ण भू-भागमा खेलिने खेललाई चाहिने हावापानी प्रकृतिले नेपाललाई दिएको र त्यसै अनुरुप हामि अगाडी बढ्न सकेमा त्यही अनुरुप भौतिक पूर्वाधार निर्माण गर्न सके नेपलको खेलकुद जगतले विशिष्ट योगदान पुर्याउने  उनले बताए यसमा सबैको ध्यान जानु जुरुरी रहेको समेत बताए ।

तपाइँको प्रतिक्रिया ।