मदन भण्डारी मेमोरियल एशियन एमेच्योर चेस च्याम्पियनसिप २०१९को उद्घाटन सम्पन्न

मदन भण्डारी मेमोरियल एशियन एमेच्योर चेस च्याम्पियनसिप २०१९को उद्घाटन सम्पन्न

कपन अनलाइन

काठमाडौं कार्तिक २५। नेपाल बुद्धिचाल संघले बुढानिलकण्ठ नगरपालिकामा आयोजना गरेको मदन भण्डारी मेमोरियल एशियन एमेच्योर चेस च्याम्पियनसिप २०१९ को राष्ट्रपति बिद्यादेवी भण्डारीले एक कार्यक्रम विच  उद्घाटन गरेकी छिन ।बुढानिलकण्ठस्थित पार्क भिलेजमा शनिबार राष्ट्रपति भण्डारीले चेसको गोटी चालेर च्याम्पियनसिपको उद्घाटन गरेकी हुन् । उद्घाटनमा युवा तथा खेलकुद मन्त्री माननिय जगतबहादुर सुनार बिश्वकर्मा, मदन भण्डारी स्पोर्टस् एकेडेमीका अध्यक्ष बिनोद श्रेष्ठ, विश्व बुद्धिचाल महासंघका अध्यक्षका प्रमुख सल्लाहकार बेरिक बेल्गायिभ,   प्रतिनिधि सभा सदस्य कृष्ण राइ ,प्रदेश सभा सदस्य दिपक निरौला, बुढानिलकण्ठ नगरपालिका प्रमुख उद्दब खरेल लगायत बिभिन्न संघ सस्थाका प्रतिनिधि खेलाडी र खेल प्रेमी दर्शकहरुको उपस्थिति रहेको थियो ।

उद्घाटन समारोहमा  युवा तथा खेलकुद मन्त्री माननिय जगतबहादुर सुनार बिश्वकर्मा, मदन भण्डारी स्पोर्टस् एकेडेमीका अध्यक्ष बिनोद श्रेष्ठ, विश्व बुद्धिचाल महासंघका अध्यक्षका प्रमुख सल्लाहकार बेरिक बेल्गायिभ,  लगायतले शुभकामना मन्तब्य राखेका थिए

 कार्तिक २९ गते सम्म आयोजना हुने च्याम्पियनसिपमा नेपाल सहित एशियाका १५ राष्ट्रका १०० खेलाडीहरुले सहभागित जनाउँदै छन् । २१ सय भन्दा कम रेटिङ्ग भएका तथा तथा अधिकतम फिडेमास्टर सम्मका उपाधी प्राप्त खेलाडीहरुको सहभागिता रहने च्याम्पियनसिपमा नेपाल बाट आधिकारीक रुपमा २०३२ रेटिङ्ग प्राप्त हालै मात्र मास्टर्स उपाधी विजेता पुरुषोत्तम चौलागाई र सुजना लोहनीले प्रतिस्पर्धा गर्दैछन् ।

प्रत्येक राष्ट्रबाट आधिकारीक रुपमा दुई खेलाडीमात्र सहभागि हुन पाउने भएता पनि अन्य खेलाडीहरुले खुल्ला रुपमा आफुलाई प्रतिस्पर्धीको रुपमा उभ्याउन सक्ने छन् । नेपालबाट आधिकारीक खेलाडी सहित ७० खेलाडीहरुले  सहभागिता जनाएका छन् ।

कुल १३ हजार ५ सय अमेरिकी डलर पुरस्कार राशी रहेको तथा स्विस लिग प्रणाली अनुरुप ९ चरण सम्म क्लासिक तथा ब्लिज दुई फरम्याटमा संचालन हुने च्याम्पियनसिपका विजेताले क्यान्डिडेटमास्टर र नगद १५ सय डलर तथा महिला तर्फ विजेताले उमनक्यान्डिडेटमास्टरको उपाधी सहित नगद ७ सय डलर प्राप्त गर्ने छन् ।

यस्तै पुरुष तर्फ उपविजेताले १ हजार र तृतीय हुनेले ७५० डलर प्राप्त गर्ने छन् । यस्तै महिला तर्फ उपविजयीले नगद ५ सय र तेश्रोले नगद ३ सय डलर प्राप्त गर्नेछन् । अहिले सम्मकै ठुलो धनराशी पुरस्कार दावी गरिएको च्याम्पियनसिपमा क्लासिक तर्फ ३७ र ब्लिज तर्फ ६ खेलाडीले नगद पुरस्कार प्राप्त गर्ने आयोजकले जनाएका छन् ।

तपाइँको प्रतिक्रिया ।