क्षेत्र नं. ४ बाट चुनाव जित्ने तयारी गर्दै नन्द किशोर पुन 'पासाङ'

कपन अनलाइनचुनावको मनोनयन पत्र दर्ता गर्ने तिथि नजिकिँदै गर्दा सम्भावित उम्मेदवारहरु संगठन सुदृढ गर्न दौडिरहेका छन् । काठमाडौं जिल्लाको क्षेत्र नं. ४ मा एमाओवादी करिब डेढ महिना अघिदेखि नै सांगठनिक सुदृढीकरणमा व्यस्त छ । यस क्रममा थुप्रै बिभिन्न पार्टीका कार्यकर्ता तथा सर्वसाधरण आफ्नो पार्टीमा भित्र्याएको छ । क्षेत्र नं. ४ मा एमालेका नेता भनेर चलेका केही नाम आफ्नो पार्टीमा प्रवेशपछि हौसिएको एमाओवादीले यसपालाको संबिधानसभामा पार्टीका केन्द्रिय सदस्य तथा पूर्व जनमुक्ति सेनाको कमाण्डर पासाङलाई उठाउने तयार गरेको छ । एक दुई दिनभित्रै उनको नाम केन्द्रले निश्चित गर्ने पार्टी श्रोतले बताएको छ । लामो समयदेखि कपनमा अस्थायी बसोबास गर्दै आएका पासाङ करिब डेढ वर्षदेखि नै क्षेत्र नं. ४ मा चुनाव लड्ने सोचाइका साथ सक्रिय थिए । उनका सक्रियतासँगै यस क्षेत्रमा एमाओवादीको संगठन सुदृढ भएको बताइने गरिन्छ । गत संबिधान सभा निर्वाचनमा तेस्रो स्थान हासिलको गरेको क्षेत्र भएकाले पासाङ यो क्षेत्रमा निर्वाचन जित्ने मनसुवाका साथ निर्वाचन केन्द्रित गतिबिधिमा सक्रिय छन् ।
pasangआउँदो निर्वाचन केन्द्रित भएर ठाउँ ठाउँमा कार्यकर्ता भेट्दै संगठन बढाउँदै गरेका पासाङ क्षेत्र नं. ४ को केही कमजोर इलाकामा व्यस्त रहेका छन् । कपन अनलाइनसँगको भेटमा कपनमा आफ्नो पार्टी निश्चितरुपमा अरु पार्टीभन्दा अघि रहेको बताएका छन् । उनले कपनमा अरु पार्टीभन्दा राम्रो जनाधार र राम्रो मतले आफ्नो पार्टी अघि रहेको बताए । कपनमा एमालेले सबैभन्दा बढि मत ल्याउने एक सर्वेक्षण भर्खरै सार्वजनिक भएको लगत्तै पासाङले यसो भनेका हुन् । उनका अनुसार कपनमा एमाओवादीको प्रतिश्पर्धा नेपाली कांग्रेससँगै हुनेछ । कपनमा एमाले तेस्रो हो, पासाङले अगाडि थपे ।
नेपाली कांग्रेसका गगन थापाजस्तो मान्छे संबिधानसभामा चाहिने भएकोले यो क्षेत्रमा नउठ्न संचारमाध्यमबाट अनुरोधसमेत गरेका थिए पासाङले । त्यसो हुँदा हुँदै दुवै जना संबिधानसभामा चहिने व्यक्ति एकै क्षेत्रबाट उठ्ने अवस्थाले बेखुसी हुँदै उनले भने, ‘गगन थापा हार्न नहुने मानिस हुन् तर के गर्ने ?’
क्षेत्र नं. ४ लाई त कांग्रेसको गढ भनिनुलाई उनी गलत ठान्दछन् । उनले गत संबिधानसभामा प्रचण्ड उठ्ने तयारी गरिरहेको क्षेत्र हो तर नेपाली कांग्रेसका नेता अर्जुननरसिंह के.सी.ले क्षेत्र नं. ४ मलाई छोडिदिनुस् भनेर आग्रह गरेकोले राजनीतिक इमान्दारिताका लागि कांग्रेसलाई छाडिएको कुरा  खुलासा गरे । उनले हामीले कमजोर उम्मेदवार उठाएका कारण कांग्रेसले फाइदा लिएको हो । विद्यादेवी भण्डारीसँग मानिस रुष्ट भएकाले पनि त्यो बेला कांग्रेसले फाइदा लिएको ठम्याई थियो उनको । उनले गत संबिधानसभाको चुनावमा कमजोर भएको राजधानी तथा तराइका क्षेत्रहरुमा पार्टीका प्रभावशाली व्यक्ति उम्मेदवार हुने योजनाका साथ यस क्षेत्रमा उम्मेदवार हुन आएको बताए । पासाङले वर्तमान राजनीतिको खलनायक एमालेलाई बताउँदै एमालेको ढुलमुले प्रवृत्तिले गर्दा देश आज यो अवस्थामा पुगेको बताए ।
पहिलो संबिधानसभाको बेलामा एमाले कुनै कुरामा पनि प्रष्ट हुन सकेन र दोस्रो संबिधानसभाको चुनावमा आउनु पर्यो यदि एमालले आफूलाई प्रष्ट बनाएको भए त्यतिबेलै संबिधान आउन सक्थ्यो पासाङले बताए । गत संबिधानसभाको चुनावपछिको संसदमा वामपन्थिहरुको उपस्थिति ६४ प्रतिशत थियो यदि त्यसलाई एमालेले सदुपयोग गर्न सकेको भए देश आज अन्तै पुगिसकेको हुन्थ्यो भन्ने उनको ठहर थियो । एमालेको यहि गलत कार्यशैलीका कारण यो संबिधानसभाको चुनावमा एमाले निकै कमजोर हुने उनको दाबी थियो । काठमाडौ. क्षेत्र नं. ४ मा एमालेबाट पछिल्ला ५ ६ महिनामा एमाओवादी प्रवेश गरेका केही प्रमुख नामहरु उल्लेख गर्दै उनले एमाले निकै कमजोर र झिनो भैसकेको दावी गरे ।
पासाङको सर्वेक्षणमा क्षेत्र नं. ४ मा कस्को कस्तो अवस्था छ ? मनोनयनपत्र दर्ता गर्नु पूर्व गरिएका बिभिन्न तयारीपश्चात क्षेत्र नं. ४ मा एमाओवादीका संभावित उम्मेदवार पासाङले गरेको सर्वेक्षण उनले कपन अनलाइनलाई बताए ।
[frame]कपन गाविस–  १. एमाओवादी(गुणात्मक तथा संख्यात्मक प्रगति) २. नेका ३. एमाले
माहांकाल गाविस–  १. एमाओवादी (गुणात्मक तथा संख्यात्मक प्रगति) २. नेका र एमालेको तीव्र प्रतिष्पर्धा
चुनीखेल गाविस–  १. नेका र एमाले २. एमाओवादी ( गुणात्मक प्रगति)
चपली गाविस–  १. नेका २. एमाओवादी र एमालेको तीव्र प्रतिष्पर्धा(गुणात्मक प्रगति)
वडा नं. ७–  १. नेका २. एमाओवादी, एमाले, राप्रपा नेपालको प्रतिस्पर्धा(गुणात्मक प्रगति)
वडा नं. ८–  १. एमाओवादीको नेका, र एमालेको तीव्र प्रतिष्पर्धा (गुणात्मक प्रगति)
वडा नं. ३३–  १. नेका २. एमाले ३. एमाओवादी (सुधारोन्मुख)
वडा नं. १–  १. नेका २. एमाओवादी(गुणात्मक प्रगति) ३. राप्रपा नेपाल ४. एमाले[/frame]
तपाइँको प्रतिक्रिया ।