राजदूत खनालद्वारा ओहोदाको प्रमाणपत्र प्रस्तुत

राजदूत खनालद्वारा ओहोदाको प्रमाणपत्र प्रस्तुत

कपन अनलाइन 

काठमाडौँ, ४ फागुन । हंगेरीका लागि नेपालका राजदूत रमेशप्रसाद खनालले हालै बुडापेस्टस्थित सान्दोर राजप्रासादमा आयोजित विशेष समारोहमा राष्ट्रपति जानोस अडेरसमक्ष आफ्नो ओहदाको प्रमाणपत्र प्रस्तुत गरे ।

त्यसअवसरमा राजदूत खनालले नेपालका राष्ट्रपति र प्रधानमन्त्रीका तर्फबाट हंगेरी सरकार र त्यहाँका जनताप्रति सद््भाव, मैत्री र सहयोगको सन्देश प्रवाह गरेका जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासले जनाएको छ ।

राजदूत खनालले ५५ वर्ष पुरानो नेपाल–हंगेरी कूटनीतिक सम्बन्धलाई अझ सुदृढ तुल्याउन सकिने प्रशस्त सम्भावना रहेको चर्चा गर्दै व्यापार, पर्यटन र सांस्कृतिक सहयोग अभिवृद्धिमा जोड दिए ।

राष्ट्रपति जानोसले राजदूतको स्वागत गर्दै हंगेरी र नेपालबीच व्यापार, पर्यटन र आर्थिक सहयोगका क्षेत्रमा सहयोग वृद्धि भएकामा हर्ष प्रकट गरे । समारोहमा हंगेरी सरकारका उच्चपदस्थ अधिकारीहरुको उपस्थिति थियो । त्यसअघि जर्मनीका लागि पनि राजदूत रहनुभएका खनालले बुडापेस्टस्थित हिरोज स्क्वायरमा पुष्पगुच्छा अर्पण गरेका थिए ।

तपाइँको प्रतिक्रिया ।