बुढानिलकण्ठ नगरपालिका वडा नं ११ मा वेकरी तालिम सुरु

बुढानिलकण्ठ नगरपालिका वडा नं ११ मा वेकरी तालिम सुरु
कपन अनलाइन 
काठमाडौ,फागुन ३/पुष्पा थापा
बुढानिलकण्ठ नगरपालिका वडा नं ११ मा वेकरी तालिमको  सुरूवात भएको छ । संजिवनि साेसाईटी र बुढानिलकण्ठ नगरपालिकाकाे सहकार्यमा भईरहेका विभिन्न सिपमुलक तालिमहरू अन्तर्गत विपन्न, वेराेजगार र समावेशी वर्गकाे लागि अाज वाट हाेराईजन टेक्निकल ईन्स्टिच्युट अफ टेक्निकल ट्रेनिङ सेन्टरमा अाज वाट १ महिने वेकरी तालिमकाे सुरूवात भएकाे छ ।
तालिममा बुनपा ११ न वडा सहभागीहरूकाे उल्लेखनीय उपस्थिति रहेकाे छ ।साथै याे तालिम अवधिमा वडाका वडा सदस्यहरू भगवती निराैला र रत्ना नगर्चि तथा संस्थाका अनुगमन समितिमा सदस्यहरूले अनुगमन गर्ने छन् भने यसै अवधिमा वडा कार्यालयकाे हलमा गुडिया वनाउने तालिम पनि सन्चालन भईरहेकाे छ ।साे तालिम यसै हप्ता सम्पन्न हुन गईरहेकाे छ ।

 

तपाइँको प्रतिक्रिया ।