आज नेपालमा पहिलोपटक विज्ञान दिवस मनाइदै

काठमाडौं, असोज १ – विज्ञान र प्रविधि देशको समृद्धि भन्ने नाराका साथ आज पहिलो पटक राष्ट्रिय विज्ञान दिवस मनाईदै छ । विज्ञान तथा प्रविधिको विषयमा जनचेतना बढाउने तथा अभियान मुखी काम गर्ने उदेश्यले यो दिवस मनाउन लागिएको हो । देशका सबै वर्ग, समुदाय तथा पेशागत क्षेत्रका व्यक्ति तथा संस्थाहरूलाई विज्ञान तथा प्रविधिको क्षेत्रमा योगदान पुर्याउने गरी परिचालन गर्न दिवसले टेवा पुर्याउने सरकारले विश्वास लिएको सरकार का प्रवक्ताले बताएका छन् ।
राज्य स्तरबाटै आयोजना हुन लागेको विज्ञान दिवसको विशेष कार्यक्रममा पूर्व प्रधानमन्त्री एवं एकिकृत माओवादीका नेता बाबुराम भट्टराई लगायतको सहभागिता रहने बताइएको छ ।
नास्टका उपकुलपति सुरेन्द्रराज काफ्लेले रेडियो कान्तिपुरसँग कुरा गर्दै यस बर्ष पीएचडी छात्रवृत्ति, वायो इन्धन,परमाणु उर्जा, सोलार तथा वायु उर्जाका क्षेत्रमा विशेष जोड दिएको बताउनुभयो । उहाँका अनुसार कार्यक्रममा प्राकृतिक सम्पदाको क्षेत्रबारे जानकारी दिने पुस्तक नेपाल पिडियाको पनि बिमोचन गरिनेछ ।

तपाइँको प्रतिक्रिया ।