उज्यालो सहकारीको साधारण सभा सम्पन्न

रामशरण सापकोटा
आर्थिक वर्ष २०६९÷७० को आयव्यय विवरण सहित उज्यालो वचत तथा ऋण सहकारी संस्था लि.ले आफ्नो छैठौं वार्षिक साधारण सभा शनिवार सम्पन्न गरेको छ । नेपाल राष्ट्र बैकका पूर्व गर्भनर दिपेन्द« बहादुर क्षेत्रीको प्रमुख आतिथ्यमा तथा प्रा.डा. कृष्ण प्रसाद आचार्यको विशेष आतिथ्यमा सम्पन्न उक्त साधारण सभाले आर्थिक वर्ष २०६९÷७० मा संस्थाले ३ करोड ३५ लाख ६ हजार ३ सय १२ रुपैं

या कर्जा लगानी गेरेको थियो भने कुल निक्षेप तर्फ २ करोड ८३ लाख १५ हजार ६ सय ८५ रुपैंया रहेको तथा त्यस आ.व.मा खुद मुनाफा रु. ३ लाख २८ हजार ३ सय २ रुपंैया रहेको विवरण समेत पेश गरेको थियो । यो आँकडा गतवर्षको भन्दा कर्जा लगानी तर्फ ५२.८७ प्रतिशतले तथा निक्षेप तर्फ ३४.७३ प्रतिशतले बढी हो ।

संस्थाको वार्षिक प्रतिवेदन अध्यक्ष विनोद लुइटेलले प्रस्तुत गर्नुभएको उक्त साधारण सभामा को100_3073

षाध्यक्ष भुपेन्द« भट्टराई ले आर्थिक प्रतिवेदन पेश गर्नुभएको थियो साथै उक्त साधारण सभामा उत्कृष्ट बचतकर्ताहरु, उत्कृष्ट कर्मचारी तथा संस्थाका असल १० जना ऋणीहरुलाई सम्मान समेत गरिएको थियो ।

त्यसैगरी साधारण सभाले आगामी कार्यकालका लागि अध्यक्ष विनोद लुइटेल, उपाध्यक्षमा रत्न ब.कार्की, सचिवमा विनोद तिमल्सिना, कोषाध्यक्षमा विनोद नेपाल, सदस्यहरुमा रेवतीरमण पौडेल, वेदराज भट्टराई तथा विमल कोइराला लाई सर्वसम्मत रुपमा चयन गरेको थियो भने निवर्तमान कोषाध्यक्ष भुपेन्द्र भट्टराईलाई सल्लाहकार समितिको संयोजकको जिम्मेवारी प्रदान गरियो।

तपाइँको प्रतिक्रिया ।