काठमाडौं क्षेत्र नं. ४ एमाओवादीले निर्वाचन केन्द्रित विशेष १५ दिने अभियान संचालन गर्ने

कपन अनलाइनमंसिर ४ मा संविधानसभाको निर्वाचन नहुने हो कि भन्ने संशय बढिरहेको बेला एमाओवादी काठमाडौं क्षेत्र नं. ४ ले १५ दिने विशेष अभियान सुरु गर्ने भएको छ । भोलि असोज १ गतेदेखि संचालनमा आउने यो अभियानको नेतृत्व क्षेत्र नं. ४ का संभावित उम्मेदवार नन्दकिशोर पुन पासाङ गर्ने भएका छन् । कपनमा हिजो भाद्र ३० गते आयोजित क्षेत्र नं. ४ स्तरीय बिस्तारित बैठकबाट निर्णय गर्दै यस क्षेत्रका सबै गाविस र वडालाई भिन्दाभिन्दै व्यक्तिलाई जिम्मा दिएर अभियान संचालन गर्न लागिएको हो । बिस्तारित बैठकका बारेमा कपन अनलाइनलाई जानकारी दिँदै कपन एमाओवादी नेता मुरारी भण्डारीले १५ दिने कार्यक्रम संचालनका लागि एक सचिवालय पनि बनाइएको बताएका छन् । सोही सचिवालय सदस्य सचिव रहेका भण्डारीको अनुसार यो १५ दिने अभियानअन्तर्गत कपनमा गरिने कृयाकलापको नेतृत्व नवप्रवेशी ठाकुर खकुरेल र ध्रुव नेपालले गर्नेछन् ।

 

त्यसैगरी कपनमा वरिष्ठ एमाओवादी नेता सञ्जय अर्यालले तुलनात्मकरुपमा कमजोर मानिएको महानगरपालिकाको वडा नं. १ हेर्ने जानकारी पनि भण्डारीले दिएका छन् । क्षेत्र नं. ४ को सबै गाविस तथा वडाहरुमा दुई दुई जनाले विशेष नेतृत्व गरेर अभियान संचालन हुनेछ । यो अभियानमा संगठन सुदृढीकरण गरिनेछ । यो अभियानलाई मजदुर कमिटिले विशेष सहयोग गर्नेछ । करिब ३०० जना सदस्यहरुको सहभागिता रहेको बिस्तारित बैठकमा सहभागि क्षेत्रीय सदस्यहरुलाई सम्बोधन गर्दै पासाङले आफू यसै क्षेत्र नं. ४ मा उम्मेदवार हुने घोषणा गरेको कुरा मुरारी भण्डारीले कपन अनलाइनलाई बताए ।

तपाइँको प्रतिक्रिया ।