राष्ट्रपति विद्यादेवी भण्डारी पशुपतिमा

राष्ट्रपति विद्यादेवी भण्डारी पशुपतिमा

कपन अनलाइन

काठमाडौँ, फाल्गुन १ ।

आज महाशिवरात्री पर्व शिवको पुजा आराधना गरी मनाइँदैछ । फागुनकृष्ण चतुर्दशीका दिन मनाइने महाशिवरात्रि पर्व आराध्यदेव शिवको पूजाराधना गरी मनाउन लागिएको हो ।

आज बिहानैदेखि देशभरीका शिव मन्दिरमा भक्तजनको घुइँचो लागेको छ । नदी, कुण्ड र तलाउमा स्नान गरी शिवालयमा गएर श्रद्धाभक्तिपूर्वक पूजापाठ गर्ने धार्मिक प्रचलन छ । धार्मिक ग्रन्थ अनुसार आज नै शिवको जन्म भएको हो ।

आज नै राष्ट्रपति विद्यादेवी भण्डारीले पनि पशुपतिनाथ मन्दिरमा विशेष पूजा गरेकी छिन  । उनलाई पशुपतिनाथ मन्दिर परिशरमा पशुपति क्षेत्र विकास कोष का पदाधिकारीहरुले स्वागत गरेका थिए ।

अपरान्हको ३ बजे तिर रास्ट्र पतिले पशुपति नाथको दर्शन गरेकी हुन् दर्शन पश्चात उनले अन्य दर्शनार्थीहरुलाई हात  हल्लाएर अभिबादन गरेकी थिइन् भने  सेनाको हेलिकप्टर बाट पशुपति नाथ परिसरमा पुष्प वृष्टि समेत गरिएको थियो । आज नै नेपाली सेनाले टुढिखेलमा बेशेष समारोह का बीच सेना दिवस समेत मनाएको छ ।

फोटो सौजन्य : सरोज बस्नेत

तपाइँको प्रतिक्रिया ।