स‌ंसद भवन नै उडाने गरी टोङ्गामा ६० वर्षयताकै ठूलो तूफान

स‌ंसद भवन नै उडाने गरी टोङ्गामा ६० वर्षयताकै ठूलो तूफान

कपन अनलाइन

एजेन्सी, १ फागुन । प्यासिफिक मुलुक टोङ्गामा ६० वर्षयताकै ठूलो तूफान आएपछि त्यहाँको संसद भवन पनि भत्किएको छ ।रातिदेखि आएको तूफानले टापु मुलुकमा ठूलो क्षति गरेको छ । तूफानहरुको चार वर्गमध्ये गिता भनिने उक्त तूफानले विद्युतीय लाइनलाई क्षति पुर्‍याउनुका साथै घरका छानाहरु उप्काएको छ ।

तूफान सुरु हुनअघि टोङ्गाको सरकारले त्यहाँ आपतकालको घोषणा गरेर सुरक्षित खाली ठाउँहरु स्थापना गरेको थियो । तूफानको समयमा ती ठाउँहरुमा हजारौं मानिसहरुले रात बिताएका थिए ।

तपाइँको प्रतिक्रिया ।