प्रदेश नं ५ को सभामुखका लागि नेकपा(माओवादी केन्द्र)का पूर्णबहादुर घर्तीको मात्र उम्मेदवारी

प्रदेश नं ५ को सभामुखका लागि नेकपा(माओवादी केन्द्र)का पूर्णबहादुर घर्तीको मात्र उम्मेदवारी

कपन अनलाइन 

बुटवल, १ फागुण ।
प्रदेशसभा संसद् सचिवालयमा आज बिहान वाम गठबन्धनका संयुक्त उम्मेदवार प्रदेश नं ५ का सभामुखका लागि नेकपा(माओवादी केन्द्र)का पूर्णबहादुर घर्तीले माओवादी केन्द्र प्रदेश नं ५ का प्रमुख सचेतक दधिराम न्यौपानेको प्रस्ताव र एमाले प्रमुख सचेतक भूमीश्वर ढकालको समर्थनमा उम्मेदवारी दर्ता गरेका छन् ।

रुकुम पूर्वबाट निर्वाचित घर्तीलाई प्रदेश नं ५ को सभामुखको उम्मेदवार बनाउने निर्णय माओवादी केन्द्र संसदीय दलको बैठकले दुई दिन अगाडि गरेको थियो । संसद्मा वाम गठबन्धनको बहुमत छ । अठहत्तर सांसदमध्ये गठबन्धनसँग ६१ सांसद छन् ।

संसद्को तेस्रो शक्ति काँग्रेस र अरु दलले सभामुखमा उम्मेदवारी दिने तयारी गरेका छैनन् । वाम गठबन्धनबाट उम्मेदवारी दिएका घर्ती सभामुखमा एकल उम्मेदवार हुने र सर्वसम्मत निर्वाचित हुने अवस्था देखिएको छ।

तपाइँको प्रतिक्रिया ।