चेल्सीद्वारा बेस्टबोमविच एल्भियोन पराजित

चेल्सीद्वारा बेस्टबोमविच एल्भियोन पराजित

कपन अनलाइन 

काठमाडौ,फागुण १ । गए राती भएको प्रिमियर लिगको खेलमा चेल्सीले बेस्टबोमविच एल्भियोनलाई ३-० गोलले पराजित गरेको छ ।

चेल्सीका लागि इडिन हजार्ड खेलको २५ औ मिनेटमा गोल गर्दै अग्रता दिलाए भने खेलको ६१ औ मिनेटमा भिक्टर मोजेजले दोस्रो गोल गरे ।

इडिन हजार्डले खेलको ७१ औ मिनेटमा चेल्सीका लागी गोल गरे भने व्यक्तिगत दुई गोल गरे । वेस्टब्रोम भने अंक तालिकाको पुछारमा रहेको    छ । यो जितसँगै चेल्सीको २७ खेलमा ५३ अंक भएको छ। यो जितले चेल्सीलाई केही राहत मिलेको छ ।

तपाइँको प्रतिक्रिया ।