कपन जेसिसको शिवरात्रीको अवसर गरेको चियापान कार्यक्रम सम्पन

कपन जेसिसको शिवरात्रीको अवसर गरेको चियापान कार्यक्रम सम्पन

कपन अनलाइन

काठमाडौ,फागुण १।

बुढानिलकण्ठ नगरपालिका वडा नं १० स्थित सिद्देश्वर महादेव मन्दिर परिसरमा आज कपन जेसिसको आयोजनामा मानबताको सेवा नै जीवनको सर्वोत्तम कार्य हो भन्ने मूल मन्त्रलाई आत्मसाथ गर्दै शिवरात्रीको अवसर पारेर चियापान कार्यक्रम आयोजना गरिएको छ।

बिहान ७ बजे देखि सुरु भएको उक्त कार्यक्रममा  विभिन्न संघ सस्था ,स्थानीयबासी हरु सहभागी भएका थिए।

समुदाय अन्तर्गत समाजमा बसिसकेपछि हामीले सामाजिक सेवा गर्नुपर्छ भन्ने उदेश्यका साथ् प्रत्येक वर्ष शिवरात्रीको पवन अवसरमा सबै कपनबासि दाजुभाइ दिदीबहिनीहरुलाई समेट्दै मन्दिर परिसरमा नि;शुल्क चिया, पानी लगायतको सामग्रीहरु वितरण गरिने गरेकोमा सोहि कार्यको निरन्तरता स्वरुप यो पटक पनि आयोजना गरिएको  कपन जेसिसका २०१७ का प्रेसिडेन्ट दिपक अधिकारीले कपन अनलाइनलाइ बताए।

सोहि कार्यक्रममा कपन जेसिसको अभियान “एक घर एक बिरुवा ,हरियाली सहर हाम्रो रहर” मा सहभागी बनौ घर घरमा बिरुवा रोपौ भन्ने नारा लेखिएको स्टिकर पनि वितरण गरिएको थियो। विश्व बायुमंडल परिबर्तनले असर गरिरहेको अवस्थामा जेसिसले गर्न लागेको उक्त अभियानको सबैले प्रसंशा गरेका थिए ।

तपाइँको प्रतिक्रिया ।