अनायासै सदाको लागि बिदा भए फत्तेमान
कपन अनलाइनवरिष्ठ संगीतकर्मी फत्तेमान राजभण्डारी निधनमा सिंगो नेपाल शोकाकुल भएको छ । नेपाली संगीत क्षेत्रका उज्ज्वल नक्षत्र स्वर्गीय भण्डारीको राति करिब १ बजे निधन भएपछि बिहानैदेखि सामाजिक संजालदेखि चोकचोकमा श्रद्धाञ्जलीका स्वरहरू गुंजिए । संगीतमा पनि विशेषगरेर भजनमा उनको सार्थकता धेरैले खोज्छन् यद्धपि उनका कालजयी आधुनिक थुप्रै छन् । प्रसिद्ध राष्ट्रिय गीत ‘रातो र चन्द्र सूर्य’ मा एउटा आवाज पनि उनैको थियो । गायन मात्रै हैन संगीतमा पनि उनी पारंगत थिए । आर्यघाटमा उपस्थित अधिकांशले फत्तेमान राजभण्डारी बिना नेपाली सांगीतिक क्षेत्र टुहुरो भएको बताएका थिए । लामो बिरामी नभैकन एक्कासी मृत्यूवरण भएका वरिष्ठ गायकको मृत्युको खबरलाई धेरै श्रद्धाञ्जली व्यक्त गर्न आउनेहरू अप्रत्यासित भन्दै थिए ।
स्वर्गीय राजभण्डारीको पार्थिव शरिरमा अन्तिम श्रद्धाञ्जली दिन आज देशका ठुलासाना सबै तप्काका मानिस पशुपति आर्यघाट पुगेका थिए । मन्त्रिपरिषद्का अध्यक्ष खिलाराज रेग्मी, अर्थमन्त्रि शंकर कोइराला, सुप्रभा घिमिरे, नन्दकिशोर पुनदेखि सहकर्मी गायक प्रेमध्वज प्रधानसम्म स्वर्गीय भण्डारीप्रति अन्तिम श्रद्धाञ्जली दिन आर्यघाटमा आएका थिए । युवा पुस्ताका आभाश,अमृत गुरुङ, सत्य-स्वरूपका साथमा सयौँ सर्वसाधारण पार्थिव शरिरमा अन्तिम श्रद्धाञ्जली दिन लाइन लागेका थिए ।
(फोटोः बसन्त गौतम)
वरिष्ठ गायक फत्तेमान राजभण्डारीको निधन
https://www.kapanonline.com/?p=6625