राप्रपाबाट कपनका ठाकुर पौडेल निश्चित

कपन अनलाइनआगामी संविधानसभा निर्वाचनका लागि बिभिन्न पार्टीहरुले आफ्ना उम्मेदवार सिफारिस गर्ने क्रममा राप्रपाको काठमाडौं जिल्ला समितिले क्षेब नं. ४ बाट ठाकुर पौडेललाई सिफारिस गरेको छ । कपन निवासी पौडेललाई सिफारिस गरिएको कुरा राप्रपा क्षेत्रीय अध्यक्ष राजाराम सिलावालले कपन अनलाइनलाई बताए । उनलाई राप्रपाले प्रत्यक्षतर्फको उम्मेदवारको रुपमा सिफारिस गरिएको हो । सिलवालका अनुसार क्षेत्र नं. ४ बाट राप्रपाको प्रत्यक्ष उम्मेदवारको रुपमा ठाकुर पौडेलमात्र सिफारिस भएका हुन् । राजनीतिक समिकरणले केही फेरबदल नगरे ठाकुर पौडेल कपनबाट आगामी निर्वाचनमा उम्मेदवार हुने एकमात्र व्यक्ति हुने भएका छन् ।

 

कपनबाट आगामी निर्वाचनमा उम्मेदवारको रुपमा सिफारिस हुने व्यक्तिमा ठाकुर पौडेल र आत्माराम पौडेल मात्र परेका छन् । उनीहरू दुवै कपन-७, जगडोल निवासी हुन् ।  आत्माराम पौडेल नेपाली कांग्रेसको तर्फबाट समानुपातिक तर्फ चौथो नम्बरमा सिफारिस भएका हुन् । ठाकुर पौडेल भने राप्रपातर्फबाट प्रत्यक्ष उम्मेदवारमा हुने करिब पक्का रहेको क्षेत्रीय अध्यक्ष सिलवाल कपन अनालाइनलाई बताएका छन् ।

 

तपाइँको प्रतिक्रिया ।