एमाले प्रदेश ३ को संसदीय दलका नेताका लागि अष्टलक्ष्मी शाक्य र डोरमणि पौडेल भिड्ने
कपन अनलाइन
काठमाडौ,माघ २६।
एमाले प्रदेश ३ को संसदीय दलका नेताका लागि अष्टलक्ष्मी शाक्य र डोरमणि पौडेल भिड्ने भएका छन् । एमाले दलको नेता यो प्रदेशको मुख्यमन्त्री हुनेछन् ।
मुख्यमन्त्रीको दावेदार राजेन्द्र पाण्डेले उम्मेदवारी नै दिएनन् । मुख्यमन्त्रीका दावेदार केशव स्थापित, सानु श्रेष्ठ, रामेश्वर फुयालले पनि उम्मेदवारी दर्ता गरेनन् । उनीहरुले री फारम भने लगेका थिए ।
प्रदेस नं ३ को संसदीय दलको नेताको लागी १२ बजे निर्वाचन प्रक्रिया सुरु हुनेछ भने १ बजे सम्म नतिजा आउनेछ।
तपाइँको प्रतिक्रिया ।