सिनामंगलमा भएको सवारी दुर्घटनामा एकको मृत्यु

सिनामंगलमा भएको सवारी दुर्घटनामा एकको मृत्यु

कपन अनलाइन

काठमाडौं, २५ माघ।
काठमाडौं महानगरपालिका–९ सिनामंगलमा बा.२ ख ५४२१ नम्बरको बसले बा.८० प ३७८० नम्बरको मोटरसाइकललाई  ठक्कर दिँदा मोटरसाइकलमा सवार एक महिलाको मृत्यु भएको छ ।

गम्भीर घाईते भएकी मोटरसाइकलमा सवार सुनसरीको ईटहरी बस्ने १९ वर्षीया रबिना ओझाको केएमसी अस्पताल सिनामंगलमा उपचारको क्रममा मृत्यु भएको हो । बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

तपाइँको प्रतिक्रिया ।