खड्का भद्रकाली स्वास्थ्य चौकी संचालन तथा व्यवस्थापन समिति पुनर्गठन
कपन अनलाइन
काठमाडौ,माघ २६।
खड्का भद्रकाली स्वास्थ्य चौकी संचालन तथा व्यवस्थापन समिति पुनर्गठन गरिएको छ। स्थानिय तहमा निर्वाचन भए पश्चात तत्कालिन अवस्थामा अध्यक्ष काे समेत जिम्मेवारी निभाएका वडा सचिव अच्युत कार्कि को अध्यक्षतामा बैठक बसि स्वास्थ्य चौकि भएको सम्बन्धित वडा नं ६ काे अध्यक्ष श्री नविन के सि काे अध्यक्षतामा वडा नं ७ को वडा अध्यक्ष बश नारायण महर्जन उपाध्यक्ष सहितको समिति पुनर्गठन गरिएको स्वास्थ्य चौकीका इन्चार्ज जयनेन्द्र रायले बताए।
समिति मा संरक्षक समेत रहेका नगर प्रमुख उद्धवप्रसाद खरेल काे प्रमुख अातिथ्यता भएको यस बैठकमा उनले जेष्ठ नागरिकलाई निशुल्क परिक्षण ब्यवस्था मिलाउन नव निर्वाचित अध्यक्षलाई निर्देशन दिएका थिए भने नव निर्वाचित अध्यक्षले अागामी दिनमा यस स्वास्थ्य चाैकि बाट दिइने सेवा प्रभावकारी र निरन्तरता प्रति अाफु गम्भीर भै सहयोग गर्ने र अागामी वर्ष स्वास्थ्य चाैकि भवन निर्माणकाे याेजना लाने समेत प्रतिवद्धता व्यक्त गरेका थिए ।
बूढानिलकण्ठ नगरपालिका अन्तर्गतका सम्पूर्ण स्वास्थ्य गतिबिधिहरु जानकारी गराउदै जनस्वास्थ्य संयाेजक भवानी दहालले खड्का भद्रकाली स्वास्थ्य चौकी काे संचालन तथा व्यवस्थापन समिति एक वडा अध्यक्ष अध्यक्ष रअर्का वडा अध्यक्ष उपाध्यक्ष रहने निर्णय यस नगर कै सहकार्यकाे नमूना भएको र भविष्यमा यस समिति अत्यन्त क्रियाशील हुनेमा अाफु अाशावादि भएको बताइन।
तपाइँको प्रतिक्रिया ।