सामुदायिक बिद्यालयको पठनपाठन सुधार गर्नु पर्दछ : उपरास्ट्रपति नन्द बहादुर पुन
कपन अनलाइन
काठमाडौ, माघ २३ ।
कागेश्वरी मनोहरा नगरपालिका वडा नं १ गागलफेदीमा रहेको श्री बालउद्दार माबीको ५० औ वार्षिकोत्सव तथा स्वर्णजयन्ति महोत्सब कार्यक्रममा बोल्दै सम्माननीय उपराष्ट्रपति नन्दबहादुर पुन पासाङले बोल्दै विद्यालयले आफ्नो ५० औ वार्षिकोत्सव मनाउन सफल भएकोमा खुसि भएको भन्दै बधाई एबम शुभकामना ब्यक्त गरेका थिए ।
उनले हाम्रो देशको शैक्षिक इतिहासमा सरकार भन्दा पहिले समुदाय स्तर बाट नै शिक्षाको चेतना फैलाउनु को साथै शैक्षिक जागरणको अभियान सुरु भएको पाइने बताए । उनले नेपालको शैक्षिक इतिहास सात दशक भन्दा बढी लामो रहेतापनि देशको शैक्षिक विकासले अपेक्षित गति लिन नसकेको बताए। सामुदायिक बिद्यालयको पठनपाठन खस्कदो देखिएको बताए। उनले सामुदायिक बिद्यालयको शिक्षा खस्कदै जाँदा निजि बिद्यालयहरु फस्टाउदै गएको बताए ।
उनले आज हुने खानेका बालबालिकाका लागि निजि बिद्यालय ,महँगो शिक्षा र हुँदा खाने गरिबहरुको बालबालिकाको लागि सामुदायिक बिद्यालय मात्र एउटा शिक्षाको मन्दिर बन्न पुगेको बताए । उनले हाम्रो शिक्षा प्रणाली बाट समाजमा एकप्रकारको दरार उत्पन्न हुदै गैरहेको बताउदै शिक्षा प्रणालीबाट उत्पन्न भएको दरारलाइ दीर्घकालीन रुपमा समाधान गर्नको लागि हामीले हाम्रा प्रयासहरु जारि राख्नु पर्ने अन्यथा यसको असर भबिस्यमा गएर ज्यादै खराब देखिने बताएका थिए ।
उनले आजपनि अधिकांस बालबालिका शिक्षाको मन्दिर सामुदायिक विद्यालय नै हुन् भन्दै दूरदराज ग्रामिण भेगका बालबालिका सामुदायिक बिद्यालयमै रहेको बताए । शिक्षामा आइरहेको दरार लाइ कम गर्दै सबै नेपाली बालबालिकाका लागि समान शिक्षा लागु गर्न सामुदायिक बिद्यालयहरुको गुणस्तरलाइ एउटा आन्दोलनको रुपमा सुधार गर्न आवश्यक रहेको बताउदै।
त्यसका लागि सरकार सरोकारवाला पक्षहरले दिलो ज्यान दिएर गम्भीरता पुर्वक लाग्नुपर्ने आवश्यकता औल्याए। शिक्षा क्षेत्र जस्तो महत्वपूर्ण क्षेत्रमा बिबेध हुनु ज्यादै दुख भएको हुनाले सबै पक्षको गम्भीर ध्यानाकर्षण गराएका थिए ।
उनले सबैले सामुदायिक बिद्यालय शिक्षालाई आमुल सुधार गर्न सकौ भन्दै शिक्षा क्षेत्रमा चल्ने सुधारको अभियानको प्रभाब सबै सामुदायिक बिध्यालयहरुमा परोस भन्दै उनले सबै विद्यार्थीहरुका लागि सामुदायिक बिद्यालय ठुलो शैक्षिक मन्दिर बन्न सकोस भन्ने अपेक्षा गरेका थिए। उनले शिक्षा क्षेत्रमा सरकारको लगानीको कुरा गर्दा नेपाल सरकारको हैसियत र क्षमता अनुसार सापेक्षित रुपमा अरुको तुलनामा बर्षेनी बजेट पनि ठिकै विनियोजित भएको देखिने बताउदै सरकारले ब्यबस्था गरेको बजेट कुल विद्यार्थीहरुलाई भाग लगाउदा एक जना बिद्यार्थी बराबर १३ /१४ हजार रुपैया पर्न आउने तर परिणाम झन् झन् खस्कदो देखिएको बताए । उनले मानब सूचांकलाइ भेटाउन निकै गार्हो भइरहेको बताउदै यो सबैको लागि गम्भीर चिन्ताको बिषय बन्न गएको त्यसो हुँदा दुइ तीन वटा कारणहरु प्रमुख रहेको हुन सक्ने बताए ।
उनले पहिलो कारण अभिभावक जनताले चासो तथा अनुगमन निरीक्षण नगर्नु दोस्रो बिद्यालय ब्यबस्थापन शिक्षक कर्मचारीहरुको जिम्मेवारी बोध को अभाब हुनु तेस्रो पाठ्यक्रम र दिइने शिक्षा ब्यबहारिक शिपमुलक तथा रोजगारमुलक एबम बैज्ञानिक नहुनु रहेको बताए। उनले यी समस्या समाधान गर्न गुणस्तरीय शिक्षामा सुधार का लागि सरकार तथा सम्बन्धित निकाय गम्भीर भएर लाग्नु पर्ने आवश्यकता रहेको बताएका थिए ।
उनले यस क्षेत्रमा श्री बालउद्दार माबीले एउटा उदाहरण दिइरहेको बताए ।विद्यालयले पुर्याएको योगदान निकै उच्च र प्रसंशनीय भएको आफुलाई लागेको बताए ।
उनले अन्य सामुदायिक तथा सरकारी विद्यालयको नतिजा खस्कदो हुँदा यस विद्यालयको परिणाम ज्यादै राम्रो हुनु २०६५ साल देखि अहिले सम्म करिब ८ औ वर्ष सतप्रतिशत बिद्यार्थी एस एल सी (एस इ इ) मा उत्तीर्ण गर्न सक्नु भनेको निकै ठुलो काम र खुसीको खबर भएको बताए ।उनले अन्य विद्यालयले पनि यस बिद्यालय बाट सिक्नु पर्छ भन्ने आफुलाई लागेको बताए ।
क्षेत्रको पुरानो शैक्षिक मन्दिर बाट उत्पादित जनशक्तिले देशका लागि महत्वपूर्ण योगदान पनि पुर्याएको चर्चा गर्दै गुणस्तरीय शिक्षा दिइरहेको मा विद्यालयलाई हृदयदेखि धन्यबाद दिंदै आगामी दिनमा गुणस्तरीय शिक्षालाइ अझै फराकिलो बनाउदै लैजावोस भन्ने शुभकामना ब्यक्त गरेका थिए।
उनले नया संविधानले प्रत्येक नागरिकलाई आधारभूत शिक्षामा पहुँचको हक राज्य बाट आधारभूत तह सम्म को शिक्षा अनिबार्य र निशुल्क तथा माध्यमिक तह सम्म को शिक्षा निशुल्क पाउने हकको ब्यबस्था गरिसकेको बताउदै तर पनि कतिपय बालबालिका शिक्षाको पहुँच बाट बन्चित रहको हुँदा भोलिका राष्ट्रको कर्णधार आजका सबै बालबालिकालाइ शिक्षाको पहुँचमा ल्याउने मात्र नभई उनीहरुलाई आजको समाज आजको विश्व सुहाउँदो गुणस्तरीय शिक्षा दिन सबै गम्भीर भए लाग्न अनिबार्य रहेको बताए।
उनले दक्ष जनशक्ति उत्पादनमा जोड दिनपर्ने बताए। उनले शैक्षिक प्रणालीमा सुधारको खाँचो रहेको बताउदै शिक्षालाई बैज्ञानिक प्राबिधिक ब्यबसायिक शिपमुलक तथा रोजगारमूलक एबम जनमुखी बनाउदै सक्षम प्रतिष्पर्धीका साथै राष्ट्रिय हित प्रति समर्पित जनशक्ति तयार पार्ने तर्फ ध्यान दिन जरुरी रहेको बताए।
उनले उच्च शिक्षालाई सहज गुणस्तरीय र प्रत्येक नागरिक को पंहुच योग्य बनाई निशुल्कबनाउदै लैजान सक्नु पर्ने बताए। उनले निजि शिक्षालाई पनि नियमन गर्दै लानु पर्ने बताए।
नेपालको संबिधानले माध्यमिक तह सम्मको शिक्षाको अधिकार स्थानीय तहलाई दिएको बताउदै बिद्यालय शिक्षा क्षेत्रको ब्यबस्थापन अनुगमन सम्पूर्ण स्थानीय तहले गर्ने भन्दै स्थानीय टहहरुले भर्खरै पूर्णता पाएकोले शिक्षाको ब्यबस्थापन गर्ने लगायत कतिपय काममा अन्योल पनि सिर्जना भएको बताए। उनले आफ्नो ठाउको विकास गर्नको लागि जनप्रतिनिधि मार्फत सबै जनताहरु एकजुट एकढिक्का भएर प्रतिष्पर्धा गर्न जरुरी देखिएको बताए।
उनले कागेश्वोरी मनोहरा नगरपालिकाले एउटा उदाहरण प्रस्तुत गर्नको लागि आफ्नो क्षमता प्रतिभा र दक्षता प्रस्तुत गर्नेछ भन्ने आफुलाई बिश्वास लागेको बताए। उनले नमुना पर्यटकीय क्षेत्रको उदाहरण नगरपालिकाले दिनेछ भन्ने बिस्वास लागेको बताएका थिए। उनले आफ्नो तर्फा बाट क्षेत्रको बिकासको लागि यहाको आदिबासी जनजाती तामाङ समुदायको उत्तथान र सम्वृद्धिको लागि आफुले आफ्नो तर्फ बाट गर्नु पर्ने सम्पूर्ण सहयोग आफ्नो तर्फ बाट गर्ने र सम्बन्धित निकायहरुमा आफ्नो तर्फ बाट गर्न सक्ने भनसुन केहि पनि बाँकी नराख्ने प्रतिबद्धता जनाएका थिए ।