नेपाली कांग्रेसले क्षेत्र नं. ४ मा गगन थापा र राजु श्रेष्ठलाई सिफारिस, सिफारिस प्रकृयाप्रति विवाद

कपन अनलाइननेपाली कांग्रेस काठमाडौं क्षेत्र नं. ४ क्षेत्रीय कमिटिले आगामी संबिधानसभा निर्वाचनका लागि प्रत्यक्षमा गगन थापालाई सिफारिस गरेको छ । उनीसँगै पूराना नेता चिरन्जिविनिधि तिवारी र न्हुच्छेनारायण श्रेष्ठलाई पनि प्रत्यक्षमा सिफारिस गरेको छ । गगन थापाको नाम सिफारिसका साथ यस क्षेत्रमा गगन थापा नै उठ्ने संभावना व्यापक रहेको चारैतिर चर्चा चलेको छ । प्रत्यक्षमा गगन थापाका साथै यस क्षेत्रबाट अर्का प्रभावशाली युवा नेता राजु श्रेष्ठलाई समानुपातिक सिफारिस गरे पछि उनी पनि उम्मेदवार हुने सम्भावना देखिएको छ ।

 

नेपाली कांग्रेस क्षेत्र नं. ४ ले हिजो भाद्र १७ गते सोमबार आगामी संबिधानसभा निर्वाचनमा ८ जनाको नाम सिफारिस गरेको थियो । समानुपातिकको तर्फबाट सिफारिस भएका नाममा सुप्रभा घिमिरे, राजु श्रेष्ठ, कर्माछिरिङ शेर्पा, आत्माराम पौडेल, अनार बस्नेत छन् । समानुपातिकका सम्भावित व्यक्तिको सिफारिसपश्चात क्षेत्र नं. ४ नेपाली कांग्रेसमा केही विवाद उत्पन्न भएको छ । प्रभावशाली छविका कारण राजु श्रेष्ठको नाम सम्भावित ५ मा परेपछि समानुपातिकको टिकट राजुले नै पाउने आशंकाका साथ तनाव सिर्जना भएको बताइन्छ ।

 

उम्मेदवारमा सिफारिसमा नपरेका प्रतिमा गौतम, श्रीराम लामिछाने, जानु घिमिरेलगायतकाले समानुपातिकमा उम्मेदवार सिफारिसको विषयलाई लिएर असन्तुष्टि जनाएका हुन् । असन्तुष्टि जनाउनेमा सुप्रभा घिमिरे पनि रहेको असन्तुष्ट पक्षले जनाएको छ । उनीहरुले क्षेत्रीय सभापति, उपसभापति र सचिवले स्वविवेकले निर्णय गरेर सदस्यहरुलाई घरघरमा गएर हस्ताक्षर गराएको आरोप लगाएका छन् । यसरी उम्मेदवार छान्नु प्रजातान्त्रिक प्रकृया नभएकोले यसका लागि पार्टी सभापति सुशिल कोइरालासम्म पनि कुरा पुर्याउने उनीहरुको योजना छ । यसै क्रममा असन्तुष्टहरुले समानुपातिकमा चौथो नम्बरमा सिफारिस गरिएको कपनमा पूर्व गाविस अध्यक्ष आत्माराम पौडेलले आफ्नो सिफारिस फिर्ता लिएको कुरा भ्रामक भएको बताएका आत्मराम पौडेलले कपन अनलाइनलाई बताएका छन् । असन्तुष्टहरुले आज पत्रकार सम्मेलन गर्ने भनेर चलाएर आयोजना गरेको कार्यक्रममा असन्तुष्टहरुकै न्यून उपस्थिति र कोही पनि पत्रकार नआएकाले कुनै कार्यक्रम हुन सकेन ।

तपाइँको प्रतिक्रिया ।