काठमाडौं महानगरपालिका राहत शिक्षक समितिको अध्यक्षमा शंकरराज न्यौपाने

काठमाडौं महानगरपालिका राहत शिक्षक समितिको अध्यक्षमा शंकरराज न्यौपाने

कपन अनलाइन 

काठमाडौ,माघ २०

नेपाल राहत शिक्षक जिल्ला कार्यसमिती काठमाण्डौको आयोजनामा काठमाण्डौ महानगर समितिको प्रथम अधिवेसन आज पध्मकन्या विध्याश्रम माबी डिल्लिबजारमा सम्पन्न भयो । जिल्ला कार्यसमितिका अध्यक्ष डम्बर राईको अध्यक्षतामा सम्पन्न भेलाले शन्करराज न्यौपानेको अध्यक्षतामा एघार सदस्यिय महानगर कार्यसमिती चयन गरेको छ।

समितिका अन्य पदाधिकारीहरुमा उपाध्यक्ष जयन्द्र पौडेल, सचिव टिका सुबेदि त्यसैगरी कोषाध्यक्षमा पुष्पा श्रेष्ठ , सदस्यहरुमा बिजया न्यौपाने, अनिता श्रेस्ठ, राजन श्रेष्ठ , शुस्मा रायमाझी, सरिता मैनाली, त्रीसना पौडेल, अनिता भट्टराई र बन्दना थापा रहनुभएको छ दिउसो बार्ह बजे बाट सुरु भएको उद्घाटन सत्रका प्रमुख अतिथी समेत रहेका राहत शिक्षक केन्दृय उपाध्यक्ष खगेन्द्र पौडेलले आन्दोलको बल बाट अहिले सम्मका भएका उपलब्धिहरु र आगामी कार्यदिसा बारे चर्चा  गरेका थिए  ।

कार्यक्रममा बोल्दै पौडेलले अहिले काठमाण्डौ जिल्ला तातेको बताउदै संघ, सङ्गठन, महासङ्हले हाम्रो माग पुरा गराउन ब्यबाहारमै सकृय भए यो समिती आजै भङ्ग गर्ने समेत बताए  ।

कार्यक्रममा विशेष अतिथीको रुपमा उपस्थित हुनुभएका नेपाल शिक्षक संघका महानगर अध्यक्ष नारायण गौतमले राहत शिक्षकको आन्दोलनमा हिज देखी नै आफु पनि सन्लग्न भएको बताउदै हिज अस्थायी शिक्षक र राहत शिक्षक सङ्गै मिलेर आन्दोलन गर्दा बढ तलबको समस्या लगायतका समस्यामा तत्काल राज्यबाट सम्वोधन गराउन सफल भएको स्मरण गर्दै सबैजना मिलेर एउटै मोर्चा बनाएर अघि बढे राहत शिक्षकको माग पुरा गराउन सकिने बताए  ।

गौतमले राहत शिक्षक राज्यबाट हेपिएको बताउदै उहाहरुको माग पुरा गर्ने आन्दोलनमा महानगर संघको तर्फबाट साथ समर्थन रहने र आफ्नो माथिल्लो निकाए सम्म कुरा पुर्‍याई साथ दिने बताए  । कार्यक्रममा उपस्थित अर्का विशेष अतिथि राष्ट्रिय शिक्षक सङ्गठनका महानगर सचिव सुरज साउदले राज्यले देसमा १७ थरिका शिक्षक खडा गरेको बताए  ।

उहाले राहत शिक्षक भन्ने शब्द नै नमिलेको बताउदै राहत शिक्षक आन्दोलनमा महानगर सङ्गठनको तर्फ पुर्ण साथ समर्थन रहने प्रतिबद्दता ब्यक्त गर्नु भयो । कर्मचारिले पच्चिस गते नपुग्दै तलब खाने तर शिक्षकलाई तिन महिना सम्म पनि तलब नदिने ब्यवस्था बिरुद्द सबै संघ सङ्गठन एकजुट हुनुपर्ने धारणा राखेका थिए  ।

कार्यक्रमका सभापती समेत रहनुभएका राहत शिक्षक जिल्ला कार्यसमिति काठमाण्डौका अध्यक्ष डम्बर राईले स्थानिय सरकार सन्चालन ऐन २०७४ ले शिक्षा क्षेत्रमा दिएको तेइस बुदा स्थानिय सरकारले आफुखुसी ब्यख्या गर्दै धमाधम निर्णए समेत गर्दै गर्दा राहत शिक्षक सबै भन्दा पिडित हुने सम्भावना रहेको बताउदै एकजुट हुनुको बिकल्प नरहेको बताए  ।

समर्थन पत्रको विषयलाई टुङ्गोमा पुर्‍याउन जिल्ला शिक्षा अधिकारी सङ्ग बारम्बार छलफल गरेको बताउदै उपलब्धि भई नसकेको तर सबैको साथ भए यो विषय चाडै टुङ्गोमा पुग्ने बिस्वास दिलाउनुभयो । जिल्ला कार्यसमितिले अहिले गर्दै आएको लबिङ्ग छलफल बारे भेलालाई जानकारि दिदै माघ २७ गते काठमाण्डौ जिल्लाको राहत शिक्षकहरुको बनभोज कार्यक्रम सफल पार्न सबैलाई आह्वान गरे  । कार्यक्रम जिल्ला सचिव रामचन्द्र पोखरेलले सन्चालन गरेका थिए  ।

तपाइँको प्रतिक्रिया ।