हाइकिङमा रमाउदै लायन्स सदस्यहरु
कपन अनलाइन
काठमाडौ, माघ २०।
शनिबार सार्वजनिक बिदा । स्कुल, कलेज, अफिस बन्द हुनाले सबै फुसर्दिला । बिहान कसैले बाधा नपुर्याओस्, अबेरसम्म सुत्न पाइयोस्, अधिकांशको यस्तै चाहना हुन्छ तर सबैलाई भने निन्द्रा प्यारो नहुँदोरहेछ ।
दृश्य हो आज बिहानको लायन्स क्लब डिस्ट्रिक ३२५ ए१ अन्तर्गत लायन्स क्लब अफ काठमाडौ साँखु र लियो क्लब अफ साँखुको आयोजनामा भएको स्वास्थ्य र पर्यटनका लागि पदयात्रा भन्ने उदेश्यका साथ साखु देखी नगरकोट सम्म १३ किलोमीटर पैदल यात्राको ।
स्वस्थ जीवन रहने मुख्य उद्देश्य भए पनि मिर्मिरेमै मर्निङ वाक गर्ने चलन धेरैअघि देखिको हो । अचेल भने स्वस्थ रहन मात्र होइन, घुमफिरमा रमाउन पनि मानिसहरु पदयात्रामा जान्छन् ।
कोही साथीभाइ मिलेर नजिकैको गन्तव्यमा पुग्छन् भने कोही संस्थागत रुपमा सुरु भएको हाइकिङ तथा पदायात्रा अभियानमा सामेल हुन्छन् ।लायन्स क्लब र लियो क्लब साँखुले भने प्रत्येक वर्ष हाइकिंङको आयोजना गर्ने गरेको छ ।
साँखु आसपासका सम्भावना बोकेका पर्यटकीय गन्तव्यहरुमा पदयात्राको रुट खोजी र आन्तरिक पर्यटन प्रबर्तनको उदेश्य सहित उक्त कार्यक्रम आयोजना हुने गरेको छ ।
बिहान चाबहिल चोक वाट साँखु पुगेका लायन्स क्लबमा आवद्द भएकाहरुमा उत्सुकता देख्न सकिन्थ्यो ।रमाइलो मान्दै उनीहरु साँखु आइपुगेका थिए। साँखुमा औपचारिक कार्यक्रम गरेर हाइकिंङ सुरु भएको थियो। साँखु –तेलकोट –नगरकोट –कात्तिके हुदै साँखु आएर पदयात्राको समापन भएको थियो ।उक्त कार्यक्रममा लायन्स क्लब र लियो क्लबका करिब ८० जना सहभागी भएका थिए।
साँखुमा भएको कार्यक्रमको प्रमुख अतिथि आइ पि एम सी सी लायन सुनिल भक्त श्रेष्ठ रहेका थिए । बिशेष अतिथि लायन्स क्लबका पुर्व डिस्ट्रिक गभर्नर कुमार राज सुवेदी, लायन्स क्लब इन्टरनेसनल डिस्ट्रिक ३२५ ए १ का फर्स्ट भी डी जी अनन्त प्रसाद भेटवाल सेकेन्ड भी डी जी इन्द्र खत्री राजन आइ पि एम सी सी लायन सुनिल भक्त श्रेष्ठ ,चिफ एम्बसडर अफ गभर्नर टंक बहादुर श्रेष्ठ, प्रोग्राम कोर्डीनेटर लायन सुर्य नारायण श्रेष्ठ लगायत लायन्स लिडरहरु लियो क्लबका सदस्यहरुको उपस्थिति रहेको थियो ।कार्यक्रमको सभाध्यक्षता लायन्स तुलसी बहादुर श्रेष्ठ ले गरेका थिए।
कार्यक्रममा बोल्दै लायन्स क्लबका पुर्व डिस्ट्रिक गभर्नर कुमार राज सुवेदीले पदयात्रालाई स्वास्थ्य जीवन र पर्यटनसँग जोडेर शुरु भएको यो अभियान निरन्तर चल्नुपर्ने बताएका थिए ।
उनले साँखु घुम्न आउने पर्यटकहरुलाई पनि ती गन्तव्यमा पुर्याउन सकौं भन्ने उदेश्य र त्यहाको संस्कृतिलाई चिनाउनुको साथै लायन्स क्लबको पनि प्रचार हुने कार्यक्रम आयोजना गरेकोमा खुसि ब्यक्त गरेका थिए ।
सोहि कार्यक्रममा बोल्दै लायन्स क्लब इन्टरनेसनल डिस्ट्रिक ३२५ ए १ का फर्स्ट भी डी जी अनन्त प्रसाद भेटवालले पदयात्रा सुरु हुन लागेको मा खुसि ब्यक्त गर्दै पदयात्रा को अनुभवहरु साटासाट गर्न पाउनुको साथै आन्तरिक पर्यटन प्रवद्र्धनका लागि सहयोग हुने बताएका थिए । उनले स्वास्थ्य र मनोरञ्जन दुवै हिसाबले फाइदा पुग्ने पदयात्रालाइ सफल बनाउन अनुरोध गरेका थिए ।
पुर्व बाट पदयात्राको लागि आएका सेन्चुरी एम्बासडर सेकेन्ड भी डी जी इन्द्र खत्री राजनले पुर्व तराइमा हाइकिङ गर्ने ठाउ पनि नभएको र रमाइलो पनि नहुने बताउदै उनले पहिले पनि कार्यक्रममा उपस्थिति हुने चाहना भएको तर बिबिध कारणले हुन नसकेको बताएका थिए ।
कार्यक्रम संचालक क्लबका सचिब गौरीनाथ श्रेष्ठले गरेका थिए।
हाइकिङमा लायन्सहरुले रमाइलो गर्दै गएका थिए हामीले पदयात्रामा सामेल भएका लायन्स क्लब अफ काठमाडौँ मनाहराका प्रेसिडेन्ट श्याम रुपाखेतिलाई सोधेका थियौ कस्तो अनुभब लागेको छ भनेर उनले प्रतिक्रिया दिंदै पदयात्रामा निरन्तर हिड्ने र पसिना चुहाउने मात्र नभई पदयात्रीहरु प्रकृतिसँग नजिकिएर डाँडा काँडा, ग्रामिण भेग, हरियाली, खोला एवं नदीहरुसँग साक्षात्कार हुन पाउछन । उनले थप्दै भने यात्राको क्रममा नयाँ र पुराना साथी भेटिन्छन्, बन्छन् , रमाइलो अनि ज्ञानगुनका अनुभवहरु साटासाट गर्दै हिडने हुदा रमाइलो लागेको बताए । उनले पदयात्रीहरुले प्रकृति र समाजलाई बुझ्ने अवसर पनि पाउने हुँदा पदयात्रा गर्नुपर्ने बताए ।
यसै प्रसंगका वारेमा हामीले लायन्स क्लब अफ काठमाडौँ गोकर्णेश्वोरका प्रिसिडेन्ट धर्मशरण श्रेष्ठलाइ पनि सोधेका थियौ उनले जवाफमा शहरको कोलाहल, भिडभाड भन्दा पर ग्रामिण परिवेशमा पुग्दाको आनन्द बेग्लै भएको बताउदै । स्वच्छ हावा, मनोरम प्राकृतिक दृष्य देख्दा मन पुलकित भएको बताए ।
पदयात्री सबै जना बेला बेला जोडले गलल हास्थे भने कोहि फोटो खिच्दै रमाइलो गर्दै अघि बढेका देखिन्थ्ये ।पर्यटकीय सम्भावना बोकेको काठ क्षेत्रको विकास र प्रर्वद्धन कसरी गर्न सकिन्छ। पदयात्रालाई स्वास्थ्य जीवन र पर्यटनसँग जोडेर शुरु भएको यो अभियान निरन्तर हुनुपर्ने सबैको भनाइ रहेको थियो ।