नेपालमा खुल्यो बेलायती सामानको सोरुम

नेपालमा खुल्यो बेलायती सामानको सोरुम

कपन अनलाइन 

काठमाडौ,माघ २०।

बेलायतमा बनेका चर्चित ब्रान्डका सामानको सो रुम नेपालमा खुलेको छ । विशेष गरी विदेशी उत्पादनका पारखीलाई लक्षित गरी नेपालमा खुलेको यो पहिलो सोरुम हो । काठमाडौंको जमलस्थित विश्वज्योति मलमा स्थापना गरिएको सोरुममा जुत्ता, ब्याग, बेल्ट, बच्चाका सामान उपलब्ध छन् । महिला र पुरुष दुवैले प्रयोग गर्ने सामाग्री सोरुममा राखिएको छ ।
यी सामान बेलायतका विभिन्न सहरमा निर्माण भई सीधै नेपाल आयात गरिने सुप्रिम फेसन इन्टरनेसनल प्रा.लि.का सञ्चालक अनुराधा श्रेष्ठले जानकारी दिइन् । कतिपय नेपालीहरु सामान खरीदकै लागि पनि विदेश जाने गरेका छन् भने कतिपयले चर्चित ब्रान्डका विदेशी सामान मात्र प्रयोग गर्न रुचाउने भएकाले उनीहरुलाई नै लक्षित गरी यो सोरुम सञ्चालन गरिएको हो ।
सन् १८८१ देखि बेलायमा उत्पादन सुरु गरी ख्याती कमाएको एनपीएस कम्पनीका आकर्षक जुत्ता, युल ब्रान्डका जुत्ता र चप्पल, सिपाहीँ एन्ड कम्पनीमा इको लक्जरी लेदर बेल्ट, स्टार चाइल्ड ब्रान्डका बच्चाका जुत्ताचल्पललगायत सामान नेपालमा उपलब्ध गराइएको छ ।
नेपाली बजारमा चिनियाँ सामानको प्रभुत्व बढ्दै गएका बेला युरोपेली उत्पादन उपभोक्ताबीच निकै लोकप्रिय हुने सञ्चालकको विश्वास छ । सामानका मूल्य र गुणस्तरबारे उपभोक्ताले कम्पनीको वेवसाइटमार्फत पनि जानकारी प्राप्त गर्न सक्ने जनाइएको छ । सो रुम उत्घाटनका अवसरमा केही दिनका लागि सामान खरीदमा १० प्रतिशत छुटको व्यवस्था गरिएको छ ।

तपाइँको प्रतिक्रिया ।