पहिलो बैठकले रास्ट्र प्रतिको जिम्मेवारी सम्झायो :रामेश्वर फुँयाल

पहिलो बैठकले रास्ट्र प्रतिको जिम्मेवारी सम्झायो :रामेश्वर फुँयाल

कपन अनलाइन

काठमाडौँ,माघ १९ ।

देश संघीय संरचनामा गइसकेपछि हेटौडामा  पहिलोपटक प्रदेश सभाको बैठक बसेको  थियो। उक्त बैठकले प्रदेश नम्बर ३ को पहिलो प्रदेश सभा बैठकले आगामी माघ २७ गते सभामुखको निर्वाचन गर्ने निर्णय गरेको छ। उक्त  पहिलो बैठकको सभामुखको भूमिका ज्येष्ठ सदस्य डोरमणि पौडेलले निर्वाह गरेका थिए।

पहिलो बैठक पश्चात कपन  अनलाइनले पहिलो बैठकको अनुभव कस्तो रह्यो भनेर  काठमाडौँ निर्वाचन क्षेत्र नं ३ प्रदेश सभा सदस्य माननीय सांसद रामेश्वर फुयाललाइ सोधेको थियो उक्त प्रश्नमा उनले प्रतिक्रिया दिंदै  नेपालको इतिहासमा एतिहासिक दिन भएको बताउदै  जनताले राजनीतिक स्थिरता, समृद्धि, सुशासन, रोजगारी  र न्यायका लागि जनादेश दिएकाले इमान्दारिता र जवाफदेहिताका साथ अघि बढ्ने  जिम्मेवारी बोध गराएको बताए ।

उनले  प्रदेश नं ३ लाई नमूना बनाउन सबै एकजुट भएर लाग्नुपर्ने समेत  बताए । उनले बैठकमा ज्येष्ठ सदस्यको अनुपस्थितिमा बैठकको अध्यक्षताका लागि आफु सहित, धनश्याम दाहाल, गीता शाक्य र शोभा वाग्लेलाई मनोनयन गरिएको बताए । उनले आफुले अघिल्लो संबिधान सभामा खेलेको भूमिका संगै अब प्रदेश बनाउनु पर्ने नियम ,कानुन,विधि र प्रक्रिया निर्माण गर्ने काममा सक्रिय हुने पनि बताएका थिए ।उनले एतिहासिक दिनमा सहभागी हुन पाउदा गर्ब लागेको बताए  ।

तपाइँको प्रतिक्रिया ।