११ औं अन्तर कर्मचारी राष्ट्रिय खेलकुद प्रतियोगिता सम्पन्न

११ औं अन्तर कर्मचारी राष्ट्रिय खेलकुद प्रतियोगिता सम्पन्न

कपन अनलाइन 

काठमाडौ,माघ २०।

सार्वजनिक संस्थान खेलकुद विकास संघ नेपालले  ११ औं अन्तर कर्मचारी राष्ट्रिय खेलकुद प्रतियोगिता( क्यान कप)को आयोजना गरेको छ।विभिन्न सार्वजनिक संस्थान र निजि क्षेत्रका कर्मचारीहरुले विविध खेलकुदका प्रतियोगितामा सहभागिता  जनाएको यस प्रतियोगिताको समापन कार्यक्रमको प्रमुख अतिथि काठमाडौं क्षेत्र नं ८ का प्रतिनिधि सभा सदस्य एबम नेपाल ओलम्पिक कमिटिका अध्यक्ष जीवनराम श्रेष्ठ रहेका थिए।त्यस्तै अतिथिहरुमा नेपाल नागरिक उड्ययन प्राधिकरणकानिमित महानिर्देशक राजन पोखरेल विभिन्न शाखाका प्रमुखहरु रहेका थिए ।

प्रतियोगितामा फुट्सल ,ब्याड मिन्टन ,टेवल टेनिस लगायतका खेलहरु सामेल गरिएको थियो भने त्यसमा निजि क्षेत्र बाट हिमालय इयरलाइन्स ,हिमालयन बैंक तथा ललितपुर महानगरपालिका,नेपाल टेलिकमको पनि सहभगिता रहेको थियो ।

सो प्रतियोगिता अन्तर्गत फुट्सलमा नेपाल टेलिकम प्रथम भयो भने एभरेस्ट बैंक दोश्रो तथा नागरिक उड्ययन प्राधिकरण तेश्रो भएको थियो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि श्रेष्ठले कर्मचारी हरुको खेलकुद प्रतिको चासो र सहभागिता निकै सार्थक रहेको भन्दै स्वस्थ कर्मचारीले स्वस्थ प्रसासन र चुस्त कार्य सम्पादन गर्न सक्ने बताएका थिए । उनले कर्मचारीहरुको रचनात्मक प्रयासमा ओलम्पिक कमिटि र आफ्नो तर्फ बाट सधै सहयोग रहने प्रतिवादत्ता जनाएका थिए।

अवका दिनमा यस खेल संघले सार्वजनिक संस्थान सहित सम्पूर्ण सरकारी निकायका कर्मचारीहरु समेटेर खेलकुद महासंघ बनाउने संघका अध्याख कुल  बहादुर आचार्यले बताए ।त्यस्तै उनले यस संघको अभियानको रुपमा बहुउदेश्यीय  कर्मचारी खेलकुद कभर्ड हल  निर्माण गर्ने योजना रहेको आचार्यले बताए ।उनले यसका लागि सरकार संग १५ रोपनी जग्गा माग गरेको र   निर्माणका लागि चाहिने आर्थिक श्रोत संघले नै जुटाउने बताए ।

फोटो सौजन्य :निरज श्रेष्ठ

तपाइँको प्रतिक्रिया ।