जनप्रतिनिधिहरुको कामलाई निरन्तर खवरदारी र सहयोग गर्नेछौ :मिठाराम अधिकारी
कपन अनलाइन
काठमाडौ,माघ २०।
नेकपा एमालेका जिल्ला कमिटिका सदस्य एबम साविक कपन गाविसका पुर्व अध्यक्ष मिठाराम अधिकारीले आफु सहित नेतृत्वले जनप्रतिनिधिहरुको कामलाई निरन्तर खवरदारी र सहयोग गर्ने बताएका छन ।
नेकपा एमाले बुढानिलकण्ठ नगरपालिका वडा नं १२ ले आयोजना गरेको बधाई तथा धन्यवाद ज्ञापन कार्यक्रममा बोल्दै काठमाडौं क्षेत्र नं ४ प्रदेस २ का सह संयोजक समेत रहेका अधिकारीले आफ्नो जनप्रतिनिधि हुदाको अनुभव स्मरण गर्दै निर्वाचित प्रतिनिधिहरुले आफ्नो काम गर्दा सदैव जनताको हित र कामलाई केन्द्रमा राखेर गर्नुपर्ने बताएका थिए।
उनले आफुले २०४९ शालको निर्वाचनमा पराजित हुदा पनि निरन्तर जनताको काममा लागेकोले त्यसको सम्मान स्वरूप २०५४ शालको निर्वाचनमा विजयी बनेको भन्दै यस पटकको प्रतिनिधि सभामा भएको हार बाट पाठ सिक्नु पर्ने बताए ।
अधिकारीले जन प्रतिनिधिलाई बाटो देखाउने र सजग गराउने काम पार्टीले गर्नुपर्ने भन्दै त्यसका लागि सघन छलफल र बहस गरेर योजना बनाउनु पर्ने धारणा राखेका थिए ।