जीपी सिंगिंङ आइडल प्रतियोगिताको उपाधि सिर्जना बिश्वकर्माले जितिन

जीपी सिंगिंङ आइडल प्रतियोगिताको उपाधि सिर्जना बिश्वकर्माले जितिन

कपन अनलाइन

काठमाडौँ,माघ १९ ।

कामपा ७ मा रहेको गिरिजाप्रसाद  कोइराला मेमोरियल कलेज चाबहिलमा आज जीपी सिंगिंङ आइडल प्रतियोगिता सम्पन्न भएको छ ।

कलेजले बिद्यार्थीहरुमा भएको प्रतिभा प्रस्फुटन गर्ने उदेश्य सहित करिब एक महिना देखि उक्त कार्यक्रम गर्दै आएको थियो। कलेजमा धेरै प्रतिभा भएका बिद्यार्थीहरु रहेका  र विभिन्न बिद्यार्थीहरुको प्रतिभा प्रस्फुटन गर्ने उदेश्यले यस भन्दा अघि नृत्य पर्तियोगिता पनि संचालन गरेको बताउदै सोहि उदेश्यले जीपी सिंगिंङ आइडल प्रतियोगिता गरेको कलेजका संस्थापक क्याम्पस प्रमुख खिलानाथ सापकोटाले कपन अनलाइन लाइ जानकारी दिए ।

उनले जीपी कोइराला मेमोरियल कलेजमा पढ्ने विद्यार्थीहरुको गायनमा कति दक्ष छन उनीहरुको आन्तरिक प्रतिभा प्रष्फुटन गरि अन्य क्षेत्रमा पनि स्थान दिनको लागि कार्यक्रम आयोजना गरेको बताए। उनले कलेजमा अध्यानरत ६४ जना बिद्द्यार्थीहरुले सहभागिता जनाएको र फाइनल राउण्ड सम्म आइपुग्दा १५ जना फाइनल सम्म पुगेको बताए  ।

आज बिहान भएको फाइनल प्रतियोगितामा कलेजका १५ जना बिद्यार्थीहरु बीच फाइनल गायन प्रतिष्पर्धा भएको थियो।उक्त फाइनल  प्रतियोगितको प्रमुख अतिथि बेनुका राइ रहेकी थिइन् भने कार्यक्रमको  सभाध्यक्षता गिरिजाप्रसाद  कोइराला मेमोरियल कलेजका संस्थापक क्याम्पस प्रमुख खिलानाथ सापकोटाले गरेका  थिए। त्यस्तैगरि  अतिथिहरुमा  संस्थापक सदस्य, बिभिन्न कलेजका प्रिन्सिपल शिक्षक ,र बिद्यार्थीहरुको उपस्थिति रहेको थियो।

कार्यक्रममा निर्णायकको भूमिकामा बेनुका राइ ,र सोफिया थापा  रहेका थिए।उक्त जीपी सिंगिंग आइडल प्रतियोगिताको फाइनलको उपाधि सिर्जना बिश्वकर्माले जितिन भने फर्स्ट रनरअप  साङ्गे शेर्पा र सेकेन्ड रनरअप निर्मला घेल भएकी थिइन् उक्त कार्यक्रम को संचालन सोहि कलेजका बिद्यार्थी गीता पौडेलले गरेकी थिइन।

बिजयी विद्यार्थीहरुलाई उपाधि सहित ट्रफी र प्रमाणपत्र वितरण गरिएको थियो ।

तपाइँको प्रतिक्रिया ।