विराट कोहलीको शतकमा अफ्रिकामाथि भारतको सानदार जित

विराट कोहलीको शतकमा अफ्रिकामाथि भारतको सानदार जित

कपन अनलाइन

डर्बन (एजेन्सी), १९ माघ । दक्षिण अफ्रिकाको भ्रमणमा रहेको भारतीय क्रिकेट टोलीले घरेलु टोलीलाई पहिलो एक दिवसीय खेलमा ६ विकेटले पराजित गरेको छ । यस जितसँगै भारतले ६ खेलको सिरिजमा १-० को अग्रता पनि लिन सफल भएको छ ।

२ सय ७० रनको लक्ष्य पछ्याएको भारतले सो लक्ष्य ४ विकेटको क्षतिमा ४५.३ ओभरमै पुरा गर्न सफल रह्यो । भारतका लागि कप्तान विराट कोहलीले शतकीय पारी खेले ।

कोहलीले १ सय १९ बलमा १० चौकाको मद्दतले १ सय १२ रन बनाएका थिए । भारतले दुई ओपनर रोहित शर्मा (२० रन) र शिखर धवन (३५ रन) लाई तेह्रौं ओभरमा गुमाएको थियो । तर अजिन्क्या राहाने र कोहलीले १ सय ८९ रनको साझेदारी गर्दै जितको आधार बनाएका थिए । राहानेले ७९ रनको योग्दान दिएका थिए ।

यसअघि टस जित्दै पहिले ब्याटिङ रोजेको दक्षिण अफ्रिकाले निर्धारित ५० ओभरमा ८ विकेटको क्षतिमा २ सय ६९ रन बनाएको थियो । टोलीका लागि मिडल अर्डर ब्याट्सम्यान फाफ डु प्लेसिसले सर्वाधिक १ सय २० रनको योग्दान दिए ।

भारतका लागि बलिङतर्फ कुल्दिप यादवले ३ विकेट लिएका थिए ।दोस्रो एक दिवसीय खेल पर्सि आइतबार खेलिने छ । यसअघि दक्षिण अफ्रिकाले ३ खेलको टेस्ट सिरिज २-१ ले जितेको थियो ।

तपाइँको प्रतिक्रिया ।