स्पेनिस कोपा डेल रे सेमिफाइनलको पहिलो लेगमा बार्सिलोनाले भ्यालेन्सियालाई १-० ले पराजित

स्पेनिस कोपा डेल रे  सेमिफाइनलको पहिलो लेगमा बार्सिलोनाले भ्यालेन्सियालाई १-० ले पराजित

कपन अनलाइन

एजेन्सी,  १९ माघ । स्पेनिस कोपा डेल रे अन्तर्गत बुधबार सेमिफाइनलको पहिलो लेगमा बार्सिलोनाले भ्यालेन्सियालाई १-० ले पराजित गरेको छ । दोस्रो हाफको ६७ अौं मिनेटमा लुइस सुअारेजले गरेको गोल निर्णायक सावित भयो । उनले लियोनेल मेसीको क्रसलाई सदुपयोग गर्दै घरेलु टोलीलाई अग्रता दिलाए । त्यसअघि दुवै तर्फबाट पहिलो हाफमा गोलको अवसर सिर्जना भएपनि नतिजा भने सफल निस्कन सकेन ।

सुअारेजले इनियस्टाको बल अनाकर्षक रहेको अवस्थामा भेट्न नसक्दा बार्साका गोलरक्षक स्टेगनले अन्त्यतिर राम्रो बचाउ गरे । दोस्रो हाफमा थप अाक्रमक रहेको बार्साले अन्य धेरै अवसर गुमायो । वैकल्पिक खेलाडीका रूपमा मैदान प्रवेश गरेका कोउटिन्होले फेरि एकपटक अौसत प्रदर्शन गरे ।

मंगलबार खेलिएको सेमिफाइनलमा सेभिल्ला र लेगानेस १-१ को बरारबराब रोकिए । पाहुना टोली सेभिल्लाले २१ अौं मिनेटमा लुइस मुरियलको गोलमा अग्रता लिएको थियो । दोस्रो हाफको १० मिनेट नबित्दै लेगानेसका डिमिट्रिस सिअोभासले बराबरी गोल फर्काए ।

दोस्रो लेगका खेलहरू अर्को साता खेलिनेछ । सिजनभर एक हार बेहोरेको बार्सिलोना लगातार चौथो पटक कोपा डेल रे जितेर किर्तिमान बराबर गर्ने दाउमा छ ।

तपाइँको प्रतिक्रिया ।