चम्पादेवी गाउँपालिका ओखलढुंगाका योजनाहरु खेलकुद देखि उत्पादन सम्म

चम्पादेवी गाउँपालिका ओखलढुंगाका योजनाहरु खेलकुद देखि उत्पादन सम्म

कपन अनलाइन 

ओखल ढुंगा ,माघ १७

चम्पादेवी गाउँपालिका ओखलढुंगाले आफ्नो परिसद बाट विभिन्न योजना हरु पारित गरेको छ।सो गाउँ पालिकाले भौतिक विकास निर्माणका साथै सामाजिक र खेलकुद लाई पनि प्राथमिकता दिएको छ ।

सो गाउँपालिकाले श्री चम्पादेवि ककनी पुर्वधार विकास अन्तर्गत खानिगाउँ माँझखर्क ककनी तिनलले तालखर्क पदमार्ग निर्माणधिन अवस्थामा रहेको छ । असाय, एकल र बृद्धहरु २३ सय जनालाई दोसला ओडाएर सम्मान गर्ने गाउँपालिकाले जनाएको छ ।

चम्पादेवि गाउँपालिकामा भएका खेति योग्य जमिनहरुको सम्भाव्यता अध्यायन गरी एक वडा एक उत्पादन कार्यक्रम संचालन गर्ने बताइएको छ । सम्भाव्यता अध्यायन गरेका पकेट क्षेत्रहरुमा चालु आर्थिक बर्षमा कपास खेति, लिचि, केरा लगायतका व्यवसायिक खेतिहरु संचालन हुने भएका छन ।

रोजगारीका लागि युवाहरु खाँडि मुलक जानु पर्ने अवस्था रहेको हुँदा युवाहरुलाई स्वरोजगार बनाउनका लागि विभिन्न व्यवसायिक खेति संचालन गरी नमुना गाउँपालिका बनाउने उद्धेश्य रहेको  चम्पादेवि गाउँपालिकाका प्रमुख नवराज केसीले बताए । सडक सँगसगै विद्युत खानेपानी, शिक्षा, स्वास्थ्य, कृषि लगाएतका विकास निर्माणका कामहरु क्रमागत रुपमा अघि बढिरहेको प्रमुख केसीले बताए ।

त्यस्तै गाउँपालिका स्तरीय पलापुमा भलिवल खेल, गाउँपालिकाबाट घोराखोरी सम्म म्यारथुन, गाउँपालिकामा लोकदोहोरी, घोराखोरीमा म्युजिकल चियर, एथ्लेटिक खेल लगाएतका कार्यक्रमहरु फागुन ७ गते देखि खेलकुद सप्ताह कार्यक्रम संचालन हुने चम्पादेवि गाउँपालिकाका कार्यकारी अधिकृत भीमप्रसाद दाहालले जानकारी दिए ।

तपाइँको प्रतिक्रिया ।