सुन्दरी माइ जेसिसको दोस्रो पदस्थापन तथा ब्यक्तित्व सम्मान कार्यक्रम सम्पन्न
कपन अनलाइन
काठमाडौं,माघ १७।
गोकर्णेश्वर नगरपालिका स्थित राष्ट्रिय शहिद तथा शान्ति पार्क (स्मारक)को सभा हलमा सम्पन्न भएको सुन्दरी माइ जेसिसको दोस्रो पदस्थापन तथा ब्यक्तित्व सम्मान कार्यक्रम सम्पन्न भएको छ।
उक्त कार्यक्रम मा प्रमुख अतिथि गोकर्णेश्वर नगरपालिकाका प्रमुख सन्तोष चालिसे रहेका थिए भने बिशेष अतिथिमा गोकर्णेश्वर नगरपालिकाकी उप प्रमुख शान्ति नेपाल, नेपाल सरकारका पुर्व पर्यटनमन्त्री कृपासुर शेर्पा रहेका थिए।
अतिथिहरुमा जिसिस सुन्दरिमाइका मानार्थ सदस्यहरु शान्ति तथा शहीद पार्कका अध्यक्ष सुदर्शन सिग्देल, नेपाल जेसिसका नेरुपित राष्ट्रिय उपाध्यक्ष जिसिस गोबिन्द प्रसाद देबकोटा, नेपाल जेसिसका पुर्व राष्ट्रिय अध्यक्ष जेसिस सुशील बाबु श्रेष्ठ लगायतका एआरइएसी अन्तर्गतका विभिन्न शाखाको जेसिसका पदाधिकारीहरु उपस्थिति रहेको थियो। उक्त कार्यक्रमको सभाध्यक्षता सुन्दरीमाइ जेसिसका अध्यक्ष जेसीस विश्वराज लामिछानेले गरेका थिए ।
राष्ट्रियगान संगै सुरु भएको उक्त कार्यक्रममा विभिन्न काल खण्डमा शहीद भएका शहीदहरुको सम्झनामा एक मिनेट मौन धारण गरिएको थियो भने जेसीसको आस्था पाठ गरिएको थियो । कार्यक्रममा साहित्यकार गोबिन्द घिमिरे (बेदमणि)लाइ उनको साहित्यिक यात्राको सम्मान स्वरुप सुन्दरीमाइ साहित्यिक सम्मान द्वारा सम्मान गरिएको थियो ।
कार्यक्रममा शाखाको उत्कृष्ठ पदाधिकारीहरुलाई पनि प्रदान गरिने सुन्दरी माइ अवार्ड शाखा शाखाका उपाध्यक्ष जेसिस नारायण रिमाललाइ प्रदान गरिएको थियो। त्यसै गरि वर्ष २०१७ को अध्यक्ष विश्वराज लामिछाने का स्व. पिता पूर्ण प्रसाद लामिछानेको स्मृतिमा स्थापित उत्कृष्ठ सदस्यता अवार्ड शाखाका उत्कृष्ठ सदस्य तथा तथा गोकर्णेश्वर नगरपालिका विभिन्न सामाजिक कार्य्क्रम्मं अग्रसर रहेकी रोज बिष्ट भण्डारी (रोजिना)लाइ बेस्ट मेम्बर अवार्ड प्रदान गरिएको थियो। सोहि कार्यक्रममा सुन्दरी माइ जेसिसको अध्यक्षमा २०१८ को लागि अन्जना अधिकारी भएकी थिइन् ।
उक्त कार्यक्रममा बोल्दै प्रमुख अतिथि गोकर्णेश्वर नगरपालिकाका प्रमुख सन्तोष चालिसेले नया अध्यक्ष चुनिएकोमा अन्जना अधिकारीलाई बधाई दिंदै महिला अध्यक्ष भएकोमा खुसि ब्यक्त गरे। उनले सुन्दरीमाइ जेसिसको उद्घाटन गर्ने क्रममा आफु प्रमुख नहुदा पनि आएको स्मरण गर्दै आगामी दिनमा के कस्तो सहयोग आवश्यक रहन्छ त्यसमा आफुले सहयोग गर्ने बताएका थिए। उनले जेसीस मार्फत नया नया कार्यक्रम ल्याएमा आफुले सकेको सहयोग गर्ने बताएका थिए ।