‘टोखाको मौलिक संस्कृति सम्पदा संरक्षण तथा पर्यटन विकास सम्बन्धि’ अन्तरक्रिया सम्पन्न
कपन अनलाइन
काठमाडौ,माघ १७।
टोखा संस्कृति सम्पदा संरक्षण दबूले आयोजना आयोजना गरेको ‘टोखाको मौलिक संस्कृति सम्पदा संरक्षण तथा पर्यटन विकास सम्बन्धि’ वृहत्त अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
टोखाको पहिचान संस्कृति रहेकोले सांस्कृतिक पर्यटन नगरिको रुपमा विकास गर्ने उदेश्यका साथ सो अन्तरक्रिया कार्यक्रम आयोजना भएको थियो ।
त्यस क्षेत्रका प्रतिनिधिसभाका सदस्य समेत रहेका कार्यक्रमका प्रमुख अतिथि एमाले महासचिव ईश्वर पोखरेलले टोखामा रहेका सांस्कृतिक सम्पदा संरक्षण गर्नमा आफूले पहल गर्ने बताएका छन ।
उनले टोखालाई धार्मिक सर्किटका रुपमा विकास गर्न प्रतिवद्धता समेत व्यक्त गर्दै ५ बर्षमा टोखाको विकासको मुहार फेरिने बताए ।
कार्यक्रममा प्रदेश सभाका सांसद दिपक निरौलाले टोखाको विकासका लागि टोखावासी आफै लाग्नुपर्ने बताउनु भयो । उनले टोखालाई अन्य नगरपालिकासंग जोड्दै पर्यटकिय क्षेत्रको रुपमा विकास गर्नुपर्ने बताए ।
कार्यक्रममा टोखा नगरपालिकाका प्रमुख प्रकाश अधिकारीले टोखाको मौलिकताको नगरि रहेको रुपमा रहेको उल्लेख गदै मौलिकता मास्न नदिने बताउदै गुरुयोजना निर्माण गरेर टोखाका रहेका सम्पदाको संरक्षण गर्ने धारणा राखेका थिए ।
कार्यक्रममा दबूका अध्यक्ष मनिराज डंगोलले कार्यपत्र प्रस्तुत गदै टोखाको मौलिक सस्कृति सम्पदा संरक्षण प्रवद्र्धन तथा पर्यटन विकासका लागि अधिकार सम्पन्न समिति गठन गर्नुपर्ने बताएका छन ।
टोखा क्षेत्रमा पौराणिक महत्वका धार्मिक र सांस्कृतिक सम्पदाहरु रहेका छन ।