मनाङलाई हराउँदै नेपाल पुलिस रारा गोल्डकपको सेमीफाइनलमा

मनाङलाई हराउँदै नेपाल पुलिस रारा गोल्डकपको सेमीफाइनलमा

कपन अनलाइन 

काठमाडौँ, १६ माघ । मनाङ मर्स्याङ्दी क्लबलाई ३-१ गोलले हराउँदै नेपाल पुलिस क्लब अाहा! रारा गोल्ड कपको सेमीफाइनलमा प्रवेश गरेको छ।निकै प्रतिस्पर्धात्मक बनेको खेलको पहिलो हाफ बराबरीमा सकिएको थियो।

पुलिसको जितमा दोस्रो हाफको ५३ औं मिनेटमा निरकुमार राईले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। ५६ औं मिनेटमा निरकुमारकै पासमा दिनेश राजबंशीले गोल गर्दै पुलिसको अग्रता दोब्बर पारे लाई २ गोलको अग्रता दिलाएका थिए।

७१ औं मिनेटमा ३–० को अग्रता लिन सफल भएको पुलिसका लागि तेस्रो गाेल सुमन लामाले गरेका थिए।मनाङका लागि खेलको ८० औं मिनेटमा बिशाल राईले १ गोल फर्काएका पनि टोलीको हार टार्न सकेनन्। खेलको म्यान अफ दि म्याच पुलिसका सुमन लामा भए। बुधबारको पहिलो सेमिफाइनल खेल उत्तर बरिन्धरा क्लब बंगलादेश र थ्री स्टार क्लबबीच हुनेछ ।

 

तपाइँको प्रतिक्रिया ।