राष्ट्रिय शहिद तथा शान्ति पार्क सबै मिलेर निर्माण सम्पन्न गर्नु पर्दछ : सन्तोष चालिसे
कपन अनलाइन
काठमाडौ, माघ १६ ।
शहीद दिवस २०७४ को अवसरमा आज गोकर्णेश्वर नगरपालिका वडा नं ९ जगडोलमा रहेको राष्ट्रिय शहिद तथा शान्ति पार्क (स्मारक) मा आयोजित कार्यक्रममा बोल्दै गोकर्णेश्वर नगरपालिकाका प्रमुख सन्तोष चालिसेले ज्ञात अज्ञात सहिदहरुको सम्झनामा गोकर्णेश्वर जगडोल को ६ सय ५० रोपनी जग्गामा शहिदपार्क स्थापना हुनु ज्ञात अज्ञात शहीदहरुलाई श्रद्दान्जली भएको बताएका छन ।
चालिसेले शहीद पार्क आज छैठौ बर्ष बाटसातौ वर्षमा प्रवेश गरेको छ र यसको भौतिक संरचना अझै पनि पूर्ण रुप हुनको लागि कति वर्ष लाग्ने हो ठेगान नभएको भन्दै चाडो निर्माण सम्पन्न हुनु पर्नेमा जोड दिएका छन।
उनले पार्क निर्माण को क्रममा यहाँका सम्पूर्ण समाजहरु यहाका सम्पूर्ण राजनीतिककर्मीहरु सम्पूर्ण साथीहरुको लगानी परेको ले कसैलाई दोष नदिइ गोकर्णेश्वर नगरपालिका र यस भेग विश्वको आँखामा पर्ने गरि हामि अगाडी बढ्न सम्पूर्णले हाते मालो गरेर अगाडी बढ्नु पर्ने बताए।
चालिसेले पार्क निर्माणमा ढिलाई हुदा चौतर्फी औला उठाउन थालिएको र २७ करोड कहाँ खर्च भयो कता खर्च भयो भन्ने प्रश्न उठेको भन्दै अबको दिनमा हिजो देखाएर अब भाग्ने समय नरहेको र अबको दिनमा यसलाई कसरी सम्पन्न गर्ने भन्ने दिसामा हामि लागि पर्नु जरुरि रहेको बताए ।
चालिसेले अबको दिनमा हिजो देखाएर अब भाग्ने समय छैन र अबको दिनमा हामीले यसलाई कसरी सम्पन्न गर्ने भन्ने दिसामा हामि लागि पर्नु जरुरि छ र यो उच्चस्तरीय शहीद पार्क लगायत का अर्को ५ वटा पार्कहरु थप २ अर्ब रुपैयाका लगानीमा निर्माण हुने अवस्था अगाडी बढिरहेकोबताए ।उनले यो उच्चस्तरीय शहीद पार्क लगायत का अर्को ५ वटा पार्कहरु थप २ अर्ब रुपैयाका लगानीमा निर्माण हुने अवस्था अगाडी बढिरहेको बताए ।यो पार्क निर्माण स्थानीय तहले नै गर्नु पर्ने भयकोले सबै मिलेर निर्माण सम्पन्न गर्न सके सहिदहरुको असली सम्मान हुने बताए।