वडा कार्यालय निरीक्षणमा प्रदेस सभा सदस्य कुसुम कुमार कार्की
कपन अनलाइन
काठमाडौं माघ १५ ।
बुढानिलकण्ठ नगरपालिका वडा नं १० मा हिजो काठमाडौँ क्षेत्र नं ४ प्रदेश ख बाट बिजयी भएका प्रदेश संसाद कुसुम कुमार कार्कीले निर्वाचित भएपछि पहिलो पटक बुढानिलकण्ठ नगरपालिका वडा नं १० को अवस्था बुझ्न र छलफल गर्ने उदेश्य सहित त्यहाको अनौपचारिक भ्रमण गरेका थिए।
उनले त्यहा करिब आधा घण्टा जति बिताएका थिए । उनले सेवा ग्राहीलाई समेत केहि अफ्ट्यारो महसुस भएको छ कि भनेर जिज्ञासा समेत राखेका थिए ।
नं १० का वडा अध्यक्ष नवराज भट्टराई र वडा सदस्यहरु संग सामान्य छलफल गरेपछि वडा कार्यलयको छोटो भ्रमण गरि अवस्था नियालेका थिए। उनलाई वडा अध्यक्ष नवराज भट्टराईले वडाको बारेमा जानकारी गराएका थिए ।
उनले वडामा जनशक्ति बढाउनु पर्ने अवस्था रहेको र स्थान पनि साघुरो भएको बताएका थिए उनले कर्मचारी र वडा अध्यक्षलाइ सेवा प्रवाहलाई प्रभाकारी बनाउनको लागि काम गर्न निर्देशन पनि दिएका थिए।