गोकर्णेश्वर लाइट एकेडेमीको १० औं अभिभावक दिवस एवम सांस्कृतिक कार्यक्रम सम्पन्न
कपन अनलाइन
काठमाडौ,माघ १४ ।
गोकर्णेश्वर नगरपालिका वडा नं ४ स्थित गोकर्णेश्वर लाइट एकेडेमीले आफ्नो १० औ अभिभावक दिवस एबम सांस्कृतिक कार्यक्रम सम्पन्न गरेको छ ।
विद्यालयको प्रांगणमा भएको उक्त कार्यक्रमका प्रमुख अतिथि प्रतिनिधि सभा सदस्य माननीय कृष्ण राइ रहेका थिए । त्यस्तै गरी बिशेष अतिथिमा प्रदेश सभा सदस्य माननीय रामेश्वर फुयाल र गोकर्णेश्वर नगरपालिकाका प्रमुख सन्तोष चालिसे रहेका थिए ।
अतिथिहरु गोकर्णेश्वर नगरपालिका कि उप प्रमुख शान्ति नेपाल, गोकर्णेश्वर नगरपालिका वडा नं ८ का वडा अध्यक्ष मनोज ढुंगाना, वडा नं ४ का वडा अध्यक्ष श्री कुमार श्रेष्ठ,कास्कुनका अध्यक्ष केशब प्रसाद दंगाल, कलाकार राजु राजाराम,हास्य टेली शृंखला जिरे खुर्सानिकी कलाकार सबिता गुरुङ र बिभिन्न बिद्यालयका प्रिन्सिपल रहेका थिए । कार्यक्रममा अभिभावक र बिद्यार्थीहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि प्रतिनिधि सभा सदस्य कृष्ण राइले अभिभावकहरुलाई डाक्टर पाइलट मात्र नभई देशको लागि अन्यको पनि आवश्यक भएकोले सबै कुराले मात्र देश विकास हुने बताए। उनले परिवारको सिकाई शिक्षण अनुकुल हुनु पर्ने मुल्य मान्यतामा आधारित शिक्षा अभिभावकले ख्याल गर्नु पर्ने बताए। साथै विद्यार्थी र शिक्षकहरू अनुशासन, लगनशीलता र समर्पणमा केन्द्रित भएमा शैक्षिक उपलब्धि हासिल हुन सक्ने बताएका थिए ।
सोहि कार्यक्रममा बोल्दै प्रदेश सभा सदस्य माननीय रामेश्वर फुयालले सामाजिक सदभाब रहने बानीको बिकास बिद्यालय देखि नै सिकाउने पर्ने बताउदै शिक्षा क्षेत्र देखि अन्य विभिन्न अतिरिक्त क्रियाकलापमा बालबाललिकालाई प्रोहत्सान मिल्ने वातावरण सिजृना गर्नु पर्न बताएका थिए ।
कार्यक्रममा बोल्दै गोकर्णेश्वर नगरपालिकाका प्रमुख सन्तोष चालिसेले स्थानीय तहमा शैक्षिक नीतिको मस्यौदा निर्माण भइरहेको जानकारी गराएका थिए । उनले विद्यालयको र अभिभावकको सम्बन्ध नङ र मासुको जस्तै भएको भन्दै विद्यार्थीको सर्वाङ्गीण गुणस्तर उकास्न सबैले सोच्नुपर्ने वताए ।
कार्यक्रममा स्वागत मन्तब्य राख्दै बिद्यालयका प्रिन्सिपल चिरन्जीवी नेपालले गोकर्णेश्वर लाइट एकेडेमीले गुणस्तरीय शिक्षामा जोड दिएको बताउदै विद्यालय आगामी कार्य योजना प्रस्तुत गरेका थिए।
कार्यक्रममा प्रतिनिधि सभा र प्रदेश सभामा निर्वाचित भएका कृष्ण राइ र रामेश्वर फुयाललाइ विद्यालयले सम्मान गर्दै सफल कार्यकालको शुभकामना दिएको थियो भने कार्यक्रममा कलाकारहरुलाई पनि सम्मान गरिएको थियो ।
बिद्यालयमा आयोजित अभिभावक दिवसका क्रममा बिद्यार्थीहरुले विभिन्न सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेर विविधताको बिचमा एकताको संदेश दिनुको साथै अभिभावक दिवसमा बिद्यार्थीहरुले विभिन्न सामग्री प्रयोग गरि बनाएका बिज्ञानका शैक्षिक सामाग्रीहरुको प्रदर्शनी समेत गरिएको कपन अनलाइनलाइ बिद्यालयका प्रिन्सिपल चिरन्जिबी नेपालले बताए ।
कार्यक्रमको सभाध्यक्षता गोकर्णेश्वर लाइट एकेडेमीका प्रिन्सिपल चिरन्जीवी नेपालले गरेका थिए भने कार्यक्रम संचालन बिद्यालयका भाइस प्रिन्सिपल सौर्य आचार्यले गरेका थिए ।